News & Events »

परिपुरक संस्थाबीच सहकार्य आवश्यकः चौलागाईं


    नारायणी यातायात व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बद्रीप्रसाद चौलागाइंले मकवानपुर उद्योग वाणिज्य संघ र नारायणी यातायात व्यवसायी संघ एकअर्काको परिपुरक संस्था भएको भन्दै ै समस्याहरुलाई सहकार्य गरेर समाधान गर्दै लैजानुपर्ने बताउनुभएको छ । नारायणी यातायात व्यवसायी संघको नवनिर्वाचित टोलीलाई मउवा संघले गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष चौलागाईंले जिल्लाका निजी क्षेत्रहरुले एक भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
चौलागाईंले मउवा संघको स्वागतको लागि आभारसमेत प्रकट गर्नुभएको थियो । आफूहरुलाई सबैको सहकार्यको आवश्यकता रहेको बताउंदै अध्यक्ष चौलागाईंले सम्पुर्ण व्यवसायी एक भए समस्या समाधान गर्न सहज हुने बताउनुभयो । संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षता तथा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रिप्रसाद चौंलागाईंको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।
 स्वागत मन्तब्यको क्रममा मउवा संघका अध्यक्ष श्रेष्ठले नारायणी यातायात व्यवसायी संघ र मउवा संघले सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । देशकै सबै भन्दा ठूलो यातायात व्यवसायी संस्था नारयणी यातायात व्यवसायी संघले सामाजिक क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । हातेमालो गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुहु“दै नवनिर्वाचित टोलीको पूर्ण सफलाताको कामना गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा मउवा संघका पुर्व अध्यक्ष उत्तमशर्मा ढकाल, वरिष्ठ उपाध्यक्ष्ँ प्रकाश ढकाल, उपाध्यक्ष ध्रुवप्रसाद पराजुली, उपाध्यक्ष राजकुमार न्यौपाने, सचिव महेन्द्र राउत, का.स.स. सरिदी श्रेष्ठ, का.स.स.विजयकुमार श्रेष्ठलगायतकाले विभिन्न समसामयिक विषयमा मन्तब्य राख्नुभएको थियो । स–धन्यवादसहित कार्यक्रमको समापन संघका वरिष्ठ उपाध्यक्ष्ँ प्रकाश ढकालले गर्नु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback