News & Events »

नेपाल पत्रकार महासंघ ३ नं प्रदेश समितिका अध्यक्ष प्रताप विष्टको स्वागत । (२०७५ जेष्ठ १४)

संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा नेपाल पत्रकार महासंघ ३ नं प्रदेश समितिका अध्यक्ष प्रताप विष्ट र नवनिर्वाचित पदाधिकारीलाई वधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा अध्यक्ष कटुवालले अध्यक्ष प्रताप विष्ट, सदस्य नानीमैया विष्टज्यूलाई टिका खादा लगायर स्वागत तथा कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रदेश समिति अध्यक्ष विष्टले स्थानीय व्यवसाय फष्टाएको हेर्न चाहेको विचार व्यक्त गर्नुहुदै उद्योगी व्यवसायी र संचारकर्मीहरुबीचको सम्वन्ध अझै मजवुत हुन जरुरी रहेको औल्याउनु भएको थियो । राष्ट्रको समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र पत्रकार राष्ट्रको चौथो अंग भएपनि नागरिक नै भएको पनि बताउनु भएको थियो ।

संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीज्यूले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले समापन मन्तव्य राख्नुहु“दै सफल कार्यकालको शुभ कामना दिनुभएको थियो । कार्यक्रममा संघका महासचिव प्रमोद सिंंहरानाभाट, सचिव सन्तोष कुमारअर्याल तथा विष्णु गोपाल महर्जन, कासस राजाराम कार्की, कुलप्रसाद चौलागाई, प्रतिमा श्रेष्ठ, नरेन्द्र भण्डारीज्यूलगायत विभिन्न संचारकर्मीहरुकोे उपस्थिति रहेको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback