News & Events »

निर्माण व्यवसायी संघबाट एकलाख सहयोग (२०७८ जेष्ठ २६)

COVID Help Desk26

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार जेष्ठ नागरिक आश्रयस्थललाई सहयोग गरेको छ । हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन, जेष्ठ नागरिक आश्रयस्थललाई खाद्य सामग्री सहयोग गरिएको हो । आश्रयस्थलकै आग्रह अनुरुप चना, दाल, तेल, स्याऊ, चाउचाउ र विस्कुट वितरण गरिएको थियो । त्यसैगरी हेटौंडा–१७, गैरीगाउंmस्थित श्रीमद्भागवत ज्ञानसंचार वृद्धाश्रममा पनि खाद्य सामग्रीहरु वितरण गरिएको थियो । वृद्धाश्रमकै आग्रह अनुसार चना, स्याऊ, साबुन र सर्फ वितरण गरिएको थियो । मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटको संयोजकत्वमा खाद्य समग्री वितरण कार्यक्रम गरिएको हो । खाद्य सामग्री वितरण कार्यक्रममा कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्यहरु ज्ञानेन्द्र कार्की, शंकरलाल श्रेष्ठ, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिव सन्तोष कुमार अर्याल, उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारी, मउवासंघका भुपे्रन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

बुधबार हेल्प डेस्कबाट चार सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–१, मेनरोडका एकजना, हेटौंडा–६, गौरीटारका एकजना र हेटौंडा–१५, रातोमाटेका एकजना गरी जम्मा तीनजना बिरामीलाई चार सिलिण्डर अक्सिजन निःशुल्क सहयोग गरिएको हो ।
बुधबार बेलुकीसम्ममा पल्पसा आइसोलेशन सेन्टरमा ११ जना संक्रमित भर्ना हुनुभएको छ । जसमध्ये ७ जना महिला र ४ जना पुरुष हुनुहुन्छ ।
पल्पसा आइसोलेशन सेन्टरका कोभिड १९ संक्रमितहरुको लागि अञ्चल आयुर्वेदिक औषधालयबाट आयुर्वेदिक औषधीहरु सहयोगस्वरुप प्राप्त भएको छ । साथै संक्रमितहरुलाई औषधालयको तर्फबाट स्वास्थ्य परामर्श पनि दिइएको थियो । त्यसैगरी दिव्यतारा बहुउद्देश्यीय सहयकारी संस्थाका अध्यक्ष महालक्ष्मी उपाध्याय (डिना)को पहलमा हिमाल मुटु हस्पिटलबाट एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट पल्पसा आइसोलेशनको लागि निःशुल्क खानेपानी सहयोग प्राप्त भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरबाट कोभिड हेल्प डेस्क मकवानपुरको अभियानलाई सघाउन रु. एकलाख रकम सहयोगस्वरुप बुधबार हस्तान्तरण गरिएको छ ।
बुधबार ३३ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback