News & Events »

निःशुल्क मास्क वितरण जारी (२०७६ चैत्र ३)

Mask distribution at Hetauda Hospital1
मकवानपुर उद्योग वाणिज्य संघले जिल्लाका बिभिन्न स्थानमा मास्क वितरण कार्यक्रम गरेको छ । २०७६ फागुन २८ गते हेटौंडा अस्पतालमा १००० थान मास्क वितरण गरी शुरु गरेको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा मास्क वितरण गरिएको छ । कोरोना भाइरस फैलिरहेको अवस्थामा यो रोग स्वासप्रश्वासबाट पनि सर्ने भएकाले मास्क बितरण गरिएको हो । संघले मास्क वितरण गरेकोले व्यवसायीहरुले मास्क लुकाएको गुनासो गर्नुपर्ने अवस्था नरहेको संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले कार्यक्रममा बताउनु भएको थियो । हेटौंडा अस्पतालका बालरोग बिशेषज्ञ डा. हरि खड्काले सुविधासम्पन्न अस्पतालहरु काठमाडौंमा मात्र भएकाले हेटौंडामा यस्तो सहयोग अत्यावश्यक रहेको बताउनु भयो । उहाले बिश्वभरि १०० भन्दा बढी देशमा कोरोना भाइरस फैलिइसकेकोेले विशेष गरी घाटी दुख्ने र जरो आउने भएमा यो भाइरसको जाच गराउन सुझाव दिनुभयो । यो भाइरस अन्य नियमित फ्लुसंग मिल्दोजुल्दो भएपनि रुघा, सुख्खा खोकी लाग्ने, जरो आउने जस्ता लक्षण देखिने बताउनुभयो । यस भाइरसको औषधि परिक्षणकै अवस्थामा रहेको र १०० जना बिरामीमा ३ प्रतिशतको मात्रै मृत्यु दर देखिएकोले धेरै डर त्रास लिन नहुने बताउनुभयो । संक्रमण भएका ८५ प्रतिशतलाई केही नहुने बाकी १२ प्रतिशतलाई केहि डरलाग्दो अवस्था रहने उहाले बताउनुभयो । यसबाट बच्ने विभिन्न उपायहरु बताउनु हुंदै त्यसमध्ये एक, भिडभाडमा जादा मास्क लगाउनु पर्ने बताउनुभयो । अस्पतालले गर्नुपर्ने कार्य संघले गरेकोमा धन्यवाद दिंदै उहाले आउदा दिनहरुमा थप सहयोगको आशा रहेको बताउनु भयो ।

 

 

Mask distribution at Bastipur
मास्क बितरण कार्यक्रमलाई निरन्तरता दिंदै संघले फागुन ३० गते हेटौंडा–१९, बस्तिपुरमा मास्क वितरण गरेको छ । बस्तिपुरमा रहेको नेपाल परिवार नियोजन संघ मकवानपुरद्धारा सञ्चालित सामुदायिक क्लिनिकलाई चार सय मास्क निःशुल्क हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिइरहेकोले संघले मास्क वितरण गरेको बताउनुभयो । सामुदायिक क्लिनिकमा कार्यरत नर्स सम्पदा कडेल र वडाध्यक्ष सुवेदीलाइ मास्क हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुवेदीले उद्योग बाणिज्य संघले गरेको कार्यप्रति आभार व्यक्त गर्दै रोगबाट बच्न र अरुलाई बचाउन माक्सले सहयोग गर्ने भएकोले सबैले माक्स प्रयोग गर्न आग्रह गर्नुभयो ।

 

Mask distribution at Basamadiहेटौंडा–३, बसामाडीमा पनि संघले फागुन ३० गते नै माक्स वितरण गरेको छ । हेटौंडा–३ का वडा अध्यक्ष रामकुमार पुडासैनीको प्रमुख आतिथ्यतामा माक्स वितरण गरिएको हो । वसामाडी स्वस्थ्य चौकीका प्रमुख प्रल्हाद कालाखेती र स्वास्थ्यकर्मी भेषकुमारी थापालाई माक्स हस्तान्तरण गरिएको थियो ।

 

Mask distribution at Hetauda-17
मास्क बितरण कार्यक्रमलाई निरन्तरता दिंदै संघले चैत्र २ गते आइतबार पनि मास्क वितरण गरेको छ । हेटौंडा १७ मा रहेको वडा स्वास्थ्य कार्यालयलाई पाचसय थान मास्क हस्तान्तरण गरिएको हो । हेटौंडा–१७ का वडाध्यक्ष भैरव बहादुर राई र वडाका स्वास्थ्य संस्थाका प्रमुखलाई मास्क हस्तान्तरण गरिएको थियो ।

 

Mask distribution at Manahari
संघको पश्चिमी क्षेत्र समिति मार्फत चैत्र ३ गते सोमबार ५०० थान माक्स मनहरी क्ष्ँत्रमा वितरण गरिएको छ । समितिका कार्यवाहक सभापति नारायण सुवेदीको नेतृत्वमा उक्त माक्स वितरण गरिएको हो ।
संघले हालसम्म ३००० थान माक्स वितरण गरिसकेको छ भने थप स्थानहरु तय गर्दै माक्स वितरण गर्नेछ ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback