News & Events »

नारायणी यातायात कम्पनीबाट हेल्प डेस्कलाई सहयोग (२०७८ जेष्ठ ३१)

COVID Help Desk31

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा पल्पसा आइसोलेशन सेन्टर संचालन गरिरहेको छ । पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म २२ जना भर्ना हुनुभएकोमा ३ जनालाई रिफर गरिएको छ । हाल १८ जना संक्रमित भर्ना रहनुभएकोमा ९ जना पुरुष र ९ जना महिला हुनुहुन्छ । पल्पसा आइसोलेशन सेन्टरबाट सोमबार एकजना कोभिड संक्रमित निको भई घर फर्कनु भएको छ । मनहरी–४ का एकजना संक्रमणमुक्त महिलालाई पल्पसा आइसोलेशन सेन्टरबाट डिस्चार्ज गरिएको हो । उहांलाई हेल्प डेस्कमा रहेको एम्बुलेन्सबाट निःशुल्करुपमा घरसम्म पु¥याउने व्यवस्था गरिएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरमा वासिङ्ग मेसिन जडान गरिएको छ । आइसोलेशनमा रहेका कोभिड संक्रमितहरुको सुविधाको लागि मेसिनको व्यवस्था गरिएको हो ।
हेल्प डेस्कबाट सोमबार २ सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–६, रंगशाला निवासी बिरामीको लागि अक्सिजन सहयोग गरिएको हो ।
कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट सोमबार १६ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये एकजना अस्पतालमा र १५ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।

पल्पसा आइसोलेशन सेन्टरको लागि यति ड्रग हाउसको तर्फबाट आशिष बैद्यले ११,५८०।– बराबरको औषधीहरु मउवासंघका कार्यसमिति सदस्य निलम वैद्यको पहलमा सहयोग गर्नुभएको छ । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले औषधी बुझ्नुभएको थियो । औषधी हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य सरोज खनाल, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाटलगायतको उपस्थिति रहेको थियो ।
राप्रपाको महिला र युवा संगठनबाट संयुक्तरुपमा पल्पसा आइसोलेशन सेन्टरको लागि अण्डा ६ क्रेट र दुध १५ लिटर सहयोग प्राप्त भएको छ । अण्डा र दुध हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य पवन अग्रवाल, मउवासंघका कोषाध्यक्ष अनिल अग्रवाल, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको सहभागिता रहेको थियो ।
नारायणी यातायात कम्पनी प्रालिबाट कोभिड हेल्प डेस्क मकवानपुरको लागि रु. १,००,०००।– सहयोग प्राप्त भएको छ । कम्पनीका कार्यकारी निर्देशक माधव अधिकारीले सोमबार हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्तालाई रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सदस्यहरु सरोज खनाल, बासु खतिवडा, मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी अनुज सर्जिकलबाट पल्पसा आइसोलेशन सेन्टरको लागि एक थान ग्लुको मिटर सहयोग प्राप्त भएको छ ।

पल्पसा आइसोलेशनको सोमबार जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीले निरीक्षण गर्नुभएको छ । आइसोलेशनको व्यवस्थापनको बारेमा जानकारी गराउंदै उहांको तर्फबाट सुझावहरु पनि प्राप्तभएको हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले जानकारी गराउनु भएको छ ।

 

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback