Notice »

आगलागी पीडितलाई राहत प्रदान । (२०७४ चैत्र १२)

 

                संघले एक कार्यक्रमका बीच हेटौंडा वडा नम्बर १ की आगलागी पीडित बीबीमाया स्या·तानलाई सहयोग हस्तान्तरण गरेको छ । संघका वस्तुगत सदस्यहरु खाद्यान्न व्यवसायी संघ र कपडा व्यवसायी संघबाट प्राप्त सहयोग संघका अध्यक्ष कृष्ण कटुवालज्यू र वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेज्यूले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् । सहयोगमा ३० किलो चामल, २० किलो चिउरा, लत्ता–कपडा लगायत संघका कार्यसमिति सदस्यज्यूहरुबाट संकलित नगद रु. ८०००।– (आठहजार) पीडित स्या·तानलाई हस्तान्तरण गरिएको थियो । घरमा लगाईएको विद्युत मिटर पड्केर आगलागी हु“दा स्या·तानको एउटा घर, एउटा गोठसहित नगद, जिन्सी गरी करीब ४ लाखको क्षति भएको वडा अध्यक्ष न्यौपानेले सहयोग हस्तान्तरण कार्यक्रममा बताउनुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback