News & Events »

नव आगन्तुक प्रजिअको स्वागत (२०७६ भाद्र २०)

CDO Welcomeमकवानपुर उद्योग वाणिज्य संघले यस जिल्लामा सरुवा भई आउनु भएका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीज्यूको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा अध्यक्ष कटुवालले प्राजिअलाई खादा, टिका लगाएर  स्वागत गरेका थिए । जिल्लाको विषयवस्तु, व्यावसायिक गतिविधिका साथै समाजिक विषमा गरेका कामहरुको बारे अध्यक्ष कटुवालले जानकारी गराउनु भयो । जसमा सुरक्षाकालागि हेटौंडा तथा मनहरीको मूल बजारमा राखिएको सिसिटिभी, औद्योगिक क्षेत्र विस्तार, जिल्लाको जलविद्युतमा भएको लगानी लगायतका विषयमा जानकारी गराउनु भएको थियो । त्यसैगरी संघबाट हेटौंडा अस्पताल, मकवानपुर वहुमुखी क्याम्पसमा सहयोग गर्नुका साथै विभिन्न क्षेत्रमा संघले सहयोग गरेको वताउनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी जोशीले स्वागत तथा शुभकामनाको लागि आभार व्यक्त गर्नुहुदै आफु विभिन्न जिल्लामा जिम्मेवारी निर्वाह गरी मकवानपुरमा आएको, बुटवलमा रहंदा त्यहांका व्यवसायीहरुको विकास प्रतिको उत्सुकता आफूले प्रत्येक्ष महशुस गरेको, ललितपुरमा रहदा विपद व्यवस्थापन र भिमसेन मन्दिर पून निर्माणमा उल्लेखनीय काम भएको बताउनु भयो । यस जिल्लामा सबैको जीवनस्तर उठाई समृद्ध बनाउने कार्यमा आफू अग्रसर रहने र सबैसंग सहकार्य गरिने वताउनु भएको थियो । जिल्लामा स्वास्थ्य क्षेत्र, होटल, डिपार्टमेन्टल स्टोरलगायत क्षेत्रमा लगानी गरिंदा रोजगारी र अर्थतन्त्रमा योगदान पुग्ने उहांको भनाई थियो । सुमधुर औद्योगिक सम्बन्ध स्थापित गरी नयां उद्योगलाई जिल्लामा आकर्षित गर्नुपर्ने उहांको भनाई थियो । संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र महासचिव प्रमोद सिंह रानाभाटले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेउवामहासंघका केन्दी्रय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, केन्द्रीय सदस्य तथा निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणी अधिकारी, सचिव सन्तोषकुमार अर्याल, सहकोषाध्यक्ष राधिका सामरी पाण्डेका साथै संघका कार्यसमिति सदस्यहरु, मकवानपुर उद्योग वाणिज्य संघ/पश्चिमी क्षेत्र समितिका सभापति, पदाधिकारी, सदस्य, संघका कानूनी सल्लाहकार ईश्वरराज ढकाल र संघका कर्मचारीहरुको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback