नगरका बैंकहरुले नगरको सुरक्षाको प्रत्याभूतिकालागि मउवासंघको अगुवाईमा राखिएको नगरका सिसिटिभी विस्तारमा आप्mनो सहयोग रहने बताएका छन् । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङज्यूको प्रमुख आतित्थ्यता एवम् प्रहरी उपरीक्षक बुद्धिराज गुरु·ज्यूको विशेष आतिथ्यतामा आयोजित छलफल कार्यक्रममा बैंकर्सहरुले यस्तो बताएका हुन् । नगरको सुरक्षाकालागि राखिएको सिसिटिभीको मर्मत र यसको विस्तारकालागि आपूmहरु सकारात्मक रहेको बताउ“दै बैंकर्सहरुले छिट्टै बजेटको व्यवस्था गरी रकम हस्तान्तरण गर्ने बताएका छन् ।