News & Events »

नगद राहत वितरण

मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न उद्योगी/व्यवसायी, संघ/संस्था तथा व्यक्तिहरुबाट संकलन गरेको नगद तथा जिन्सी सामाग्रीहरु विभिन्न कार्ययोजना बनाई महाभूकम्प प्रभावितहरुलाई वितरण गर्दैआएको छ । यसै सन्दर्भमा शुक्रबार संघका महासचिव महेन्द्र राउतले महाभूकम्पबाट ज्यान गुमाउने मकवानपुरको ईपा गाविसका रजिना जिम्बाको परिवारलाई नगद दशहजार राहत प्रदान गरेको छ । ईपा गाविस सचिव पुरुषोत्तम उप्रेतीसंग समन्वय गरी स्थानीय रन्जन कठायत, शंकर कठायत, गैसस महासंघका कमल बिकको रोहवरमा मृतकका बाबु सोमबहादुर जिम्बालाई संघका महासचिव राउतले नगद हस्तान्तरण गरेका छन् ।  
यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका कानूनी सल्लाहकार अधिवक्ता ईश्वरराज ढकालले महाभूकम्प प्रभावितहरुको सहयोगमा सदुपयोग गर्न रु. ५,१००।– को चेक शुक्रबार संघका कार्यकारी सचिव विवेक मानन्धरलाई हस्तान्तरण गरेका छन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback