News & Events »

दलसंग छलफल (२०७८ जेष्ठ १२)

COVID Help Desk4

मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरबाट बुधबार तीन सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हा“डिखोला एक जना र हेटौंडा १४ का दुई फरक बिरामीहरुलाई बितरण गरिएको हो । कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले बुधबार पनि संक्रमितको मनोबल बढाउन संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख तथा कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार मिना लामाको उपस्थिति रहेको थियो । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरु बासु खतिवडा, रामकुमार एलन, पवन अग्रवाल, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सिनियर अहेब प्रविन पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार टोप बहादुर कुमाल, हेटौंडा ८ का जनप्रतिनिधि तथा स्वास्थकर्मीहरुलगायतको घरदैलो कार्यक्रममा सहभागिता रहेको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार राजनैतिक दलहरुसंग छलफल गरेको छ । हेल्प डेस्कको कामकारवाही प्रभावकारी बनाउन रायसल्लाह लिने र कोभिडको जोखिम घटाउन राजनैतिक दलहरुबाट उपयुक्त भूमिका निर्वाह गर्न आवश्यक रहेको सन्दर्भमा छलफल गरिएको थियो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु, नेपाली कांग्रेसका हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, राप्रपा मकवानपुरका सचिव सागर थापा र हेल्प डेस्कका पदाधिकारीहरुको सहभागिता रहेको थियो । साथै पत्रकारहरुसंग छलफल गरिएको थियो । रेडियो र छापा मिडियाका पत्रकारहरुसंग छलफल गरिएको हो । हेल्प डेस्कको कामहरुबारे जानकारी गराउने र सुझाव लिने गरी छलफल गरिएको थियो । छलफलमा पत्रकार महासंघ मकवानपुरका भानुभक्त आचार्य, धु्रव अधिकारी, रोशन पराजुली, नविन तिमल्सिना, रेडियो बुलेटिनका अनिल कुमार खाती, कृषक पत्रकार राजु लामिछानेको उपस्थिति रहेको थियो भने हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्यहरु भुवनलाल श्रेष्ठ, सरोज खनाल, माधव न्यौपाने, शंकरलाल श्रेष्ठ, कृष्णराज कोइरालालगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी मंगलबार ६६ जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । सबै संक्रमितले आफू घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका दुईजना स्वास्थ्यकर्मीबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने, परामर्श दिने र समस्या पर्दा सम्पर्कमा आउन आग्रह गरिएको थियो ।

COVID Help Desk 5



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback