News & Events »

दक्षिण कोरियाका एनआरएन यज्ञराज सुवेदीको स्वागत (२०७२ पौष १२)

२० वर्ष भन्दा बढी दक्षिण कोरियमा रहनु भएका, सपोर्ट नेपाल फाउण्डेशन, दक्षिण कोरियाका संयोजक, दक्षिण कोरियाका न्यू पोलिटिकल डेमोक्रेटिक एलायन्स पार्टीका राज्य समिति सदस्य, मल्टिकल्चर उपसमितिका सभापति, किम्हे माइगे्रट हाउस, दक्षिण कोरियाका संयोजक श्री यज्ञराज सुवेदीज्यूको सम्मानमा मकवानपुर उद्योग वाणिज्य संघले आइतबार स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्यहरु अनिल अग्रवाल, निलम पाण्डे, छतेन्द्र आचार्य, शान्तिराम धिमाल, उज्वल चौलागाई, विशेष आमन्त्रित सदस्य राममणि दाहाल, रामहरि बन्जारा, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, एजुकेशन फर अल फाउण्डेशनका उपाध्यक्ष कृष्ण प्रसाद ढुंगाना, कोषाध्यक्ष भिम तिमल्सिनालगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
राजनीतिज्ञ तथा समाजसेवी यज्ञराज सुवेदीकै सक्रियतामा मकवानपुर जिल्लाका विद्यालयलाई सहयोग, स्वास्थ्य क्षेत्रको लागि एम्बुलेन्स सहयोग, महाभूकम्पको समयमासमेत सहयोग प्रदान भएको समेत कार्यक्रममा चर्चा गरिएको थियो । संघका अध्यक्ष न्यौपानेले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै देशकै ठूलो औद्योगिक क्षेत्र भएको मकवानपुर जिल्लामा कोरियन लगानी आकर्षित गरी नया“ उद्योग स्थापना गर्न पहल गरिदिन आग्रह गरेका थिए । त्यसैगरी कोरियन राजनीतिज्ञ तथा समाजसेवी सुवेदीले मकवानपुर जिल्लाका उद्योगी व्यवसायीहरुको ईच्छा भए कोरियाको उद्योग वाणिज्य संघ संग भगिनी सम्बन्ध स्थापना गर्न, व्यवसायिक उदेश्यको लागि कोरिया भ्रमण गर्न, त्यहाका लगानीकर्ताहरु संग विचार विमर्ष गर्न आवश्यक भूमिका निर्वाह गरिदिने बताउदैं पचास प्रतिशत भन्दा माथि नेपाली लगानी हुने स्किममा कोरियन लगानीकर्ताहरुले लगानी गर्ने सम्भावना बढी रहेको समेत उहा“ले बताएका छन् ।
कार्यक्रममा मकवानपुर हस्तकला संघका अध्यक्ष ज्ञानभक्त लामा, माछामासु व्यवसायी संघका अध्यक्ष नारायण राजथलाले आफ्नो विषयगत जिज्ञासाहरु राखेका थिए ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback