Mela »

प्रहरी उपरीक्षकज्युको स्वागत । (२०७५ वैशाख २५)

 

                जिल्ला प्रहरी कार्यालय, मकवानपुरका नवआगन्तुक प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठज्यूको सम्मानमा संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको थियो । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको सभाध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा अध्यक्ष कटुवालले जिल्लाको समसामयिक विषयबस्तुको बारेमा ध्याकर्षण गराउनुभएको थियो ।

                प्रहरी उपरिक्षक श्रेष्ठले अपराधी आप्mनालागि भुसुना सरह भएकाले जघन्य अपराध गर्ने कसैलाई पनि आपूmले नछोड्ने बताउनुहु“दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न आपूm अहोरात्र खट्ने बताउनुभया । जनता विना वर्दीका प्रहरी नै भएकाले शान्ति सुरक्षामा सबैको साथ आवश्यक रहेको बताउनुभएको थियो । सबैको साथ र सहयोग भए नगरमा २४ घण्टा नै व्यवसाय गर्ने वातावरण तयार हुने उहा“ले बताउनुभयो ।

                संघका महासचिव प्रमोदसिंह रानाभाटज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा समापन मन्तब्य राख्नु हुदै वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले सिसिटिभि मर्मत तथा विस्तारकालागि आवश्यक सहयोग जुटाउन प्रहरी उपरिक्षकज्यूको सहयोगको अपेक्षा गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्षज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback