News & Events »

तीजको विशेष कार्यक्रमः



    मिति २०७१।०५।४ गते मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगतको  महिला उद्यमी विकास समितिको आयोजनामा तीज कार्यक्रमको आयोजना संघको सभा हलमा गरियो । कार्यक्रमा का.वा सभापति श्रीमती देव कुमारी ढकालज्यूको सभापतित्तव थियो । सधैं भरी व्यापारमा व्यस्त रहने महिला व्यवसायीहरुले संकृति जगेरणा गर्ने तथा सम्पूर्ण दिदीबहिनीहरुले एकै साथ भलाकुसारी गर्ने जमर्कोले  तीजको अवसर पारेर तीज गीतमा छमछमी नाच्दै गाउलै रमाईलो साटासाट गर्नुभएको थियो  ।
        हिन्दु महिलाको सवैभन्दा ठूलो चाड पर्वको रुपमा मानिंदै आएको तीजमा व्यवसायमा व्यस्त महिला उद्योगी व्यापारीहरुका लागि रमाईलो वातावरण बनाउन, मनोरन्जन प्रदान गर्न र सांस्कृति जोगाउन कार्यक्रम आयोजना गरिएको समितिका का. वा सभापति श्रीमती देव कुमारी ढकालले वताउनु भयो ।
    त्यसै गरी मउवासंघ अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष श्रीमती इन्दिरा गुरुडज्यूको विशिष्ट आतिथ, पूर्वसभापति शर्मिला डंगोल , लक्ष्मी श्रेष्ठ, शुशिला पाण्डे मानन्धर लगायतले तीजको महिमाको वारेमा वर्णन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो  । समितिका सचिव निलम वैद्यले संचालन गरेको कार्यक्रमका कार्यक्रम संयोजक महिला उद्यमी विकास समितिका सदस्य श्रीमती अरुणा सिंह हुनुहुन्थ्यो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback