News & Events »

जिम्मेवार व्यवसाय पुरस्कार –२०७० वितरण गर्न समिति निर्माण

Bhuwan Lal Shrestha (President)मकवानपुर उद्योग वाणिज्य संघले राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को आर्थिक सहयोगमा जिम्मेवार व्यवसाय पुरस्कार –२०७० वितरण गर्नको लागि जिल्लास्तरीय पुरस्कार संयोजन समिति निर्माण गरेको छ । उक्त समितिमा ५ सदस्य रहेका छन् । जसको संयोजकमा संघका अध्यक्ष भुवनलाल श्रेष्ठ, सदस्यहरु संघका महासचिव माधव न्यौपाने, घरेलु महासंघका अध्यक्ष निरा गोर्खाली, घरेलु महासंघका सदस्य गणेशहरि उप्रेती र घरेलु कार्यालयका शाखा अधिकृत चन्दनकुमार अमात्य रहेका छन् । जिम्मेवार व्यवसाय पुरस्कार प्रदान गर्न आवश्यक फर्म विवरण संकलन कार्यका लागि स्थानीय घरेलु उद्योग महासंघ र मउवा संघ कार्यालयमा फर्मको व्यवस्था गरिएको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउनकोे लागि संघले स्थानीय सञ्चार माध्यममा सूचना प्रवाह गरेको थियो । पुरस्कार आगामी डिसेम्बरको अन्त्यमा प्रदान गर्ने संघका अध्यक्ष भुवनलाल श्रेष्ठले जानकारी दिनुभयो । पुरस्कार छनौटका आधारहरु वातावरण (स्रोतको उचित प्रयोग तथा दिगोपन, उत्पादन विकासमा, न्यून वातावरण प्रभाव तथा सामाजिक प्रभाव) , समाज,(सामाजिक जिम्मेवारपूर्ण सञ्चालित र स्वास्थ्य जीवनस्तर वृद्धि, सामुदायिक लगानी, रोजगार सिर्जना गरी गरिबी न्यूनिकरण), कामदार र कर्मचारी (आवश्यक तालिम, उत्साह, ज्याला तथा सुविधा प्रदान), उपभोक्ता अधिकार र उत्पादन जिम्मेवारी, गुणस्तर र दिगो नया“पनमा केन्द्रित हुनुपर्ने रहेका छन् । पुरस्कार मनोनयनका दायराहरुमा सहभागी उद्यम व्यवसायहरु औद्योगिक व्यवसाय ऐन २०४९ अन्तरगत नेपालमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै अधिकतम ३ करोडसम्म अधिकृत पू“जी भएको घरेलु तथा साना उद्योगहरुले निवेदन दिन पाउनेछन् । त्यस्तै २०७० असार मसान्तसम्म कम्तीमा ३ वर्षदेखि सञ्चालित उद्योग वा व्यवसाय हुनुपर्नेछ ।आर्थिक वर्ष २०६८÷६९सम्मको राजस्व चुक्ता भएको हुनुपर्नेछ । उद्यम व्यवसायहरु नवीकरणको म्याद चालु आर्थिक वर्ष २०७० असार मसान्तसम्म रहेको हुनुपर्नेछ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback