News & Events »

जाम, चिप्स तथा दालमोठ उत्पादन तालिम (२०७७ पौष १६ गते)

Dalmot1

मकवानपुर उद्योग वाणिज्य संघमा बुधबार जाम, चिप्स तथा दालमोठ उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ । संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा तालिम भएको हो । तालिमको समापनमा समितिका सभापति नीलम बैद्यको सभापतित्व तथा मउवासंघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।

WEDC Dalmot training
कार्यक्रममा बोल्नुहुदै समितिका सभापति बैद्यले महिलाहरुलाई घरमै बनाएको सामाग्री बिक्री गरी आम्दानी गर्न सकिने बताउनुभयो । उहाले व्यवसाय सानोबाट शुरुगरे एकदिन अवश्य ठूलोहुने बताउदै त्यसको लागि लगनशिलता जरुरी भएको बताउनुभयो । कार्यक्रमका प्रमूख अतिथि तथा संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले तालिम बाट प्राप्त ज्ञानले घरमै शुद्ध तथा स्वस्थरुपमा बनाएर खान तथा व्यवसाय शुरु गरेर आत्मनिर्भर बन्न सकिने बताउनुभयो । संघकै अर्का उपाध्यक्ष रामप्रसाद न्यौपानेले बजारिकरणका लागि मउवासंघ सहयोग गर्न तयार रहेको बताउनु हुदै तालिमको सीप व्यवहारमा उतार्न सुझाउनु भयो । तालिम पौष १५ गते शुरु भइ १६ गते बिहिबार समापन भएको हो । तालिममा हेटौंडा नगर भित्रका २१ जना महिला उद्यमी सहभागी हुनुभएको थियो । समापन कार्यक्रममा प्रमूख अतिथि तथा अतिथिहरुले सहभागिहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष अनिल अग्रवाल, कासस माधव ज्ञवाली तथा महिला उद्यमी विकास समितिका पदाधिकारीहरुलगायत अन्य प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

 

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback