News & Events »

जन्मदिनमा पल्पसा आइसोलेशनलाई सहयोग (२०७८ आषाढ १३)


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरले शनिबार बेलुका थप दुई सिलिण्डर अक्सिजन सहयोग गरेको छ ।
पल्पसा आइसोलेशन सेन्टरलाई आइतबार सहयोग प्राप्त भएको छ । विनित फर्निचर उद्योगका संचालक सुशिला पोखरेल अर्यालले उहांको जन्मदिनको अवसरमा नगद रु. ३,०००।– सहयोग गर्नुभएको हो ।
त्यसैगरी रिलायन्स लाईफ इन्स्योरेन्सबाट हेल्प डेस्कलाई एक थान भित्तेघडी सहयोग प्राप्त भएको छ ।
पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । आइतबार संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback