News & Events »

घर वहाल कर ऐन लागू गर्न माग

 हेटौंडाका व्यवसायीहरुले लामो समयदेखि घर वहाल कर समस्याका रुपमा झेल्दै आईरहेको अवस्थामा तत्काल ऐन निर्माण गरेर लागू गर्नु पर्ने माग राखेका छन् ।
    संघ र आन्तरीक राजश्व कार्यालय हेटौंडाको संयुक्त आयोजनामा शनिबार व्यवसायी, घर धनी र सरोकारवालाहरुसंग वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायी घर धनीले घर वहाल कर ऐननै लागू गर्नुपर्ने माग राखेका हुन् । प्रत्येक घर वा जग्गो धनीले आफ्नो घर पसल, टहरा जग्गा जमिन बहालमा लगाई प्राप्त भएको बहाल रकमको १० प्रतिशतले हुने रकम बहाल कर दिनु पर्नेमा घरधनीले व्यवसायीबाटै असुल गरिरहेको व्यवसायीहरुले गुनासो गरेका छन् । कार्यक्रममा व्यवसायीले आफुले व्यवसायी गरेको स्थानमा बर्षैंदेखि घर वहालको सम्बन्धमा कुनै सुनुवाइ नभएको र कानुन नबन्दा समस्या भएको दुखेसो व्यक्त गरे ।
    कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले आफ्नो कार्यकालमा घर वहाल करको समस्यालाई सदैवका लागि सामाधान गर्ने जिकिर गर्नुभएको थियो । उहा“ले व्यवसायीको समस्या मध्ये घर वहाल कर एक प्रमुख समस्याको रुपमा रहेकोले सरोकारवालाहरु संग छलफल गरेर यसलाई निष्कर्षमा पु¥याउने बताउनुभएको थियो । कार्यक्रमा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रबन्धक भीम तिमल्सिनाले घर वहाललगायत करको विषयमा नगरपालिका समन्वय गर्न तयार रहेको जानकारी दिनुभएको थियो । उहा“ले नगरपालिका क्षेत्रभित्र व्यवसाय गर्ने व्यवासायी तथा उद्योगीले पनि ऐनलाई राम्रो संग बुझ्न जरुरी रहेको बताउनुभएको थियो ।
    कार्यक्रममा बोल्ने क्रममा आन्तरीक राजश्व कार्यालय हेटौंका प्रमुख कर अधिकृत जीवन कुमार घिमिरेले वहाल कर सम्बन्धी केहि कुराहरु ऐनमा उल्लेख नभए पनि सहकार्य गरेर व्यवसायीलाई सहजता प्रदान गर्न सकिने उल्लेख गर्नुभएको थियो । आफु यस क्षेत्रको कर प्रमुख भएको नाताले व्यवसायीहरुलाई पर्न कर सम्बधी समस्यालाई कर कार्यालयले आपसी सहयोगमा समाधान गर्न तत्पर रहेको बताए ।
    प्रमुख कर अधिकृत जीवन कुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले सभाध्यक्षता रहेको थियो । कार्यक्रममा कर अधिकृत राधेश्याम दाहाल कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो भने नेपाल घर वहाल उपभोक्ता संघका अध्यक्ष नवराज न्यौपानेले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तब्य संघका कार्यसमिति सदस्य तथा कर संयोजक राजेश बानियाले धन्यवाद मन्तब्य राख्नुभएको थियो । त्यसैगरि संघका वाणिज्य तर्फका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले धन्यवादसहित कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो । कार्यक्रम संघका महासचिव महेन्द्र राउतले संचालन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback