News & Events »

खाद्य सामग्रीहरुको मूल्य निर्धारणः


        संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा नजिकिंदै गरेको चाड पर्वलाई मध्येनजर गर्दै जिल्लामा रहेका खाद्यन्न व्यवसायीहरुसंग छलफल कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले हाल देशको अवस्थाले र नजिकिंदै गरेका चाड पर्वहरुमा व्यवसायी तथा उपभोक्ता दुबैलाई समस्या पर्ने देखिएकोले त्यसको समस्या समाधानको उपाय निकाल्न जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा उपस्थितिहरुको एउटै उद्देश्य उपभोक्ताहरुलाई सामानको अभाव नहोस् र आफूहरुमा अनुगमनको मारमा पर्नुनपरोस भन्ने थियो । कार्यसमिति तथा व्यवसायीहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा समस्या आउन नदिने उद्देश्यले संघ र नेपाल खाद्यन्न व्यवसायि संघको संयुक्त सहभागिता रहने गरि संघका वाणिज्य तर्फका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो ।  उक्त समितिले दैनिक खाद्य उपभोग्य सामग्रीहरुको मूल्य निर्धारण गरेर संघमा बुझाउने र उक्त मूल्य सूचि संघले विभिन्न मिडियालाई उपलब्ध गराउने सोहि मूल्य अनुसार व्यवसायीहरुले सामान बिक्री वितरण गरिने निर्णय गरिए अनुसार  खाद्यन्न मूल्य निर्धारण समिति निम्नानुसार गठन गरिएको छ ।  
१) कृष्णकुमार गुप्ता अग्रवाल– संयोजक
२) काब्यमणि अधिकारी–     सदस्य
३) अमृत प्रसाद दहाल–     सदस्य
४) हरि प्रसाद खतिवडा–     सदस्य
५) विजय सागर श्रेष्ठ–     सदस्य
६) संतोष शाह–         सदस्य
७) सतिस केशरी–         सदस्य
८) श्याम राठी–         सदस्य
९) प्रदिप गुप्ता–         सदस्य
१०) पवन अग्रवाल–         सदस्य
११) सुदर्शन खरेल–         सदस्य  

    तद्अनुसारको समितिले देशको विषम परिस्थिितिमा उपभोक्ताहरुलाई सर्वसुलभ तरिकाले खाद्य सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, बजारमा कुनैपनि खाद्य सामग्रीको अभाव नरहेको समेत जानकारी गराएको छ ।
    उल्लेखित समितिले निम्नानुसारको मूल्य निर्धारण गरेको छः


  सामग्री                 थोक मूल्य             खुद्रा मूल्य
१) मुसुरोको दाल             रु.१५५।–             रु. १६०।–
२) मास दाल                 रु.१८५।–             रु.१९०।–
३) रहर दाल                 रु.२४०।–            रु.२५०।–
४) चना गेडा                 रु.१२०।–            रु.१२५।–
५) हरियो केराउ             रु.६५।–             रु.७०।–
६) सोयाबिन तेल(पौच)         रु.१३५०।–(प्रति कार्टुन)         रु.१४५।–(प्रति लिटर)
७) सनफ्लावर तेल (पौंच)         रु.१३८०।– (प्रति कार्टुन)     रु.१५०।–(प्रति लिटर)
८) स्वस्तीक स्वायविन तेल(पौंच)     रु.१४००।– (प्रति कार्टुन)     रु.१५०।–(प्रति लिटर)
९) सन्फ्लोर (पौंच)             रु.१५००।– (प्रति कार्टुन)     रु.१६०।–(प्रति लिटर)
१०) तोरीको तेल(पौंच)         रु.१४५०।– (प्रति कार्टुन)     रु.१५०।–(प्रति लिटर)
११) धारा तोरी (पौंच)             रु.१९००।– (प्रति कार्टुन)     रु.२००।–(प्रति लिटर)
१२) आटा ५के.जी. (बोरामा)         रु.१६५०।– (प्रति बोरा)         रु.१७०।–(प्रति प्याकेट)
१३) मैदा ५० के.जी(बोरामा)         रु.२०००।– (प्रति बोरा)     रु.४५।–(प्रति के.जी.)
१४) जिरा गेडा             रु.३९०।– प्रति के.जी         रु. ४००।– प्रति केजी
१५) धनियाँ                 रु.२६०।– प्रति के.जी        रु. २७०।– प्रति केजी
१६) सोना मन्सुली चामल ३० केजी     रु.११००।–प्रति बोरा         रु.११५०।– प्रति बोरा
१७) मोटा चामल ३० केजी         रु. १०५०।– प्रति बोरा         रु.११००।–प्रति बोरा
१८) लोकल मोटा ३० केजी         रु. १२००।– प्रति बोरा         रु.१२५०।– प्रति बोरा
१९) जिरा मसिनो ३० केजी         रु.१६००।–प्रति बोरा         रु.१६५०।– प्रति बोरा
२०) जिरा बासमति ३० केजी         रु.१७२५।– प्रति बोरा         रु.१७५०।– प्रति बोरा
२१) साबित्रि ३० केजी             रु.१३००।– प्रति बोरा         रु.१३५०।– प्रति बोरा
२२) राम्रो जिरा २५ केजी         रु.१६००।– प्रति बोरा         रु.१६५०।– प्रति बोरा
२३) सोनम जिरा २० केजी         रु.१४५०।– प्रति बोरा         रु.१५००।– प्रति बोरा
२४) आलु रातो             रु.३२।– प्रति केजी         रु.४०।– प्रति केजि
२५) प्याज २० केजी             रु.२४००।– प्रति बोरा         रु.१३०।– प्रति केजि
२६) लसुन २० केजी             रु. १५०।–प्रति केजी         रु.२००।–प्रति केजी
२७) टाइचिन चिउरा २० केजी     रु.१०४०।–प्रति बोरा         रु.६०।– प्रति केजी
२८) सादा चिउरा १५ केजी         रु.६००।–प्रति बोरा         रु.५०।– प्रति केजी
२९) चिनि ५० केजी             रु.३०००।–प्रति बोरा         रु.६५।– प्रति केजी



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback