News & Events »

क्षेत्रीय प्रशासकको विदाई (2072/9/14)


मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रमको आयोजना गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख महेश कुमार दाहालको विदाई गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको विदाई कार्यक्रममा सह क्षेत्रीय प्रशासक लोकनाथ पौडेल, उप क्षेत्रीय प्रशासक डिल्लिराज पोखरेल, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्की, संघका पदाधिकारी तथा कार्यसमिति सदस्य, आमन्त्रित सदस्यहरु, महिला उद्यमीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग संघ मकवानपुरका अध्यक्षलगायत पदाधिकारीहरु, बस्तुगत संघका प्रतिनिधहरु, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
संघका अध्यक्ष न्यौपानेले छोटो अवधिमै पनि उद्योग÷व्यवसाय क्षेत्रमा पु¥याउनु भएको सहयोग प्रशंसनीय रहेको बताउनु भयो । कार्यक्रममा उद्योग संघ मकवापुरका अध्यक्ष नवराज अर्याल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अजय अधिकारी, नेकपा मालेका भिमसेन महत, एनेकपा माओवादीका बलराम बल, नेपाली का“ग्रेसका रघुरमण न्यौपाने र संघका महासचिव महेन्द्र राउतले मन्तव्य व्यक्त गरेका थिए । सहभागिहरुले क्षेत्रीय प्रशासक दाहालको उज्वल भविष्यको कामना व्यक्त गरेका थिए ।
त्यसैगरी मन्तव्यको क्रममा क्ष्ँेत्रीय प्रशासक दाहालले दुई महिना तीन दिनको छोटो बसाईमा उद्योग वाणिज्य संघलगायत यहा“का संघसंस्था तथा सरकारी कार्यालयहरु संगको समिप्यता सौहार्दपूर्ण रहेको, नाकाबन्दीमा इन्धन अभावको संकटपूर्ण समयमा आफूले सक्दो सहजिकरण गरेको, मकवानपुरमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको, हेटौंडालाई औद्योगिक सहरकोरुपमा गरिमा बढाउन क्रियाशिल रहनुपर्ने र आफू प्रधानमन्त्री कार्यालयको सचिवकोरुपमा पदवहाल हुनेभएको पनि कार्यक्रममा बताउनु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback