News & Events »

कोषाध्यक्षमा प्रमोदसिंह रानाभाट

मकवानपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा प्रमोद सिंह रानाभाट नियुक्त भएका छन् । २०७१ फागुन ७, ८ र ९ गते सम्पन्न ४८ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमबाट उद्योग तर्फको सदस्य पदमा रानाभाट निर्वाचित भएका थिए । संघको विधान अनुसार निर्वाचित सदस्यहरु मध्येबाट महासचिव, कोषाध्यक्ष, दुई सचिव र सहकोषाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ । यस अघिनै महासचिव पदमा महेन्द्र राउत सर्वसम्मत भइसकेका हुन भने संघको २०७१ चैत्र ३ गते बसेको विशेष वैठकबाट रानाभाट सर्वसम्मत कोषाध्यक्ष चयन भएका छन् । यसबाट संघको आर्थिक गतिविधि नियमित हुने र बाकी दुई सचिव र सहकोषाध्यक्षको नियुक्ती उपयुक्त समयमा पछि गरिने संघका अध्यक्ष राजकुमार न्यौपानेज्यूले जनाएका छन् । वैठकमै कोषाध्यक्ष रानाभाटलाई अध्यक्षज्यूले खादा र अविर लगाई बधाई दिएका छन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback