News & Events »

म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचार प्रसार टोली मकवानपुरमा । (२०७५ कार्तिक ११)

                “म्याग्दी घुम्न जाऔं, पर्यटकीय सौन्दर्यतामा रमाऔं, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गरौं” भन्ने मूलनाराका साथ गण्डकी प्रदेश अन्तर्गत म्याग्दी उवासंघसहितको प्रचारप्रसार टोलीलाई संघले स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको स्वागत तथा छलफलल कार्यक्रममा अध्यक्ष कटुवालले संघ र जिल्लाको हालको वस्तुस्थितिको विषयमा जानकारी गराउ“दै म्याग्दी भ्रमण वर्षभित्रै संघको टोली म्याग्दीको भ्रमणमा आउने बाचा गर्नुभएको थियो ।

                म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा म्याग्दी भ्रमण वर्ष २०७५ का मूल संयोजक उत्तमकुमार कर्माचार्यज्यूले म्याग्दीको समुचित विकासकालागि म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजना, जिल्ला समन्वय समिति बेनी, विभिन्न गाउ“पालिकाहरु, म्याग्दी विकास मञ्च, म्याग्दी प्रवासी नेपाल संघ (मोला) को आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंं ४ को प्रवद्र्धनसंगसंगै नेपाल पत्रकार महासंघलगायत अन्य संघसंस्थाको सहकार्य रहेको बताउनुभएको थियो । म्याग्दी भ्रमण वर्ष २०७५ मा मकवानपुरवासीको पनि साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताउनुहु“दै उहा“ले प्रचार प्रसार टोली बुटवल, कास्की, चितवन, मकवानपुर हु“दै धुलिखेल काभ्रे, काठमाडौं जाने कार्यक्रम रहेको बताउनुभएको थियो ।

                संघका सचिव एवम् प्रवक्ता काव्यमणि अधिकारीज्यूद्वारा संचालित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय गणेशप्रसाद भेटुवाल, रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव विष्णुगोपाल महर्जन, कासस निलम बैद्य, राजाराम कार्की, प्रतिमा श्रेष्ठ, नरेन्द्र भण्डारीज्यूका साथै महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्य एवं सञ्चारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो । वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले धन्यवादज्ञापनसहित समापन गर्नुभएको कार्यक्रममा दुवै उद्योग वाणिज्य संघको तर्फवाट एक अर्कालाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback