News & Events »

कोरियन पोल्ट्री बिशेषज्ञ नेपालमा (२०७६ माघ २ गते)

Korea1

मकवानपुर उद्योग बाणिज्य संघको निमन्त्रणामा दक्षिण कोरियाको मल्टिनेशनल पोल्ट्री कम्पनी हारिम पोल्ट्री फार्मबाट बिशेषज्ञ टोली नेपाल आएका छन् । पौष २९ गते नेपाल आएको टोलीले संघका अध्यक्ष कृष्ण कटुवाल र संघको कृषि समिति संयोजक कृष्ण ढुंगानाको संयोजनमा काठमाडौंमा पोल्ट्री महासंघका प्रतिनिधिहरु र बेलारुसका महावाणिज्य दुत तथा लगानीकर्ता अजेयराज सुमार्गीलयागतका व्यक्तित्वहरुसंग छलफल गरी माघ १ गते हेटौंडा आई माग २ गते बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र संघमै पनि छलफल गरिएको छ । छलफलमा यहाका ईच्छुक किसान तथा लगानीकर्ताले आवश्यकक्ता महशुस गरेमा कोरियामै २ देखि ३ महिनासम्मको तालिम प्रदान गर्न पनि सकिने हारिम पोल्ट्री फार्मका भाईस प्रेसिडेन्ड जुङ मुन सोङले बताएका छन् । त्यसैगरी हारिम पोल्ट्री फार्मले नेपाललाई मिल्दो पोल्ट्री फार्म भियतनाममा शाखाकोरुपमा संचालन गरेकोले त्यहा गएरपनि अध्ययन/अवलोकन गर्न सकिने बताएका छन् । विशेषज्ञ टोलीलाई कोरियाबाट नेपाल ल्याउन एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले विशेष पहल गरेका थिए । उहाकै नेतृत्वमा ५ सदस्यीय कोरियन टोलि नेपाल आएका हुन् ।

Korea2
बिहीबार कोरियन टोलीलाई हेटौंडामा स्वागत गर्दै छलफल कार्यक्रम गरिएको थियो । संघका अध्यक्ष कृष्ण कटुवालले कोरियन टोलीलाई स्वागत गर्दै भ्रमणले नेपाली कुखुरा व्यवसायीहरुलाई प्राविधिक ज्ञान हासिल गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । कोरियामा कुखुराको मासुको ब्यापारले अन्य बंगुर तथा बिफभन्दा पनि ठूलो हिस्सा ओगटेको छलफलमा बताइएको थियो । संघमा गिम्हे माईग्रेण्ट हाउसका बोर्ड मेम्बर Choi Hyun Kyu ले आफ्नो नेपाल भ्रमणको अनुभवसहित कोेरियन अनुभवले कुखुरा व्यवसायीलाई राम्रोसंग सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो । उहाले कोरियामा रहेका नेपालीहरुलाइ हारिम पोल्ट्री फार्मले कुखुरा पालन तथा बंगुर पालन गर्न सिकाइरहेको बताउनु हुदै कुखुरा व्यवसायलाई माथी उठाउन ज्ञान हस्तान्तरणको कार्य गर्ने बताउनुभएको छ । हारिम पोल्ट्री फार्मका प्राविधिक सेवा मेनेजर Lee Kang Hyun ले Harim Business को भिडियो प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हारिम पोल्ट्री फार्मका भाइस प्रेसिडेन्ट Jung Moon Song ले कम्पनीको र व्यापारको बारेमा विस्तृतमा बताउनु भएको थियो । उहाले करिव ३० बर्ष पहिले कोरियामा पनि हाल नेपालको जस्तै पोल्ट्रीको अवस्था रहेको बताउनुभयो । पहिले किसानले आफैले दाना किनेर ख्वाउनुपर्ने र बजारमा लगेर बिक्री गर्नुपर्ने अवस्था रहेकोमा हाल हारिमलेनै कुखुरा किनिदिने भएकाले किसानहरुलाई बजारमा लगेर बिक्री गर्नुपर्ने झन्झट नरहेको बताउनु भयो । उहाले दानालगायत अन्य सहायक काम पनि हारिम कम्पनीले नै गर्ने हुदा किसानलाई फार्ममा मात्रै काम गरे पुग्ने र हाल एउटा किसानले कोरियामा बार्षिक २ करोड नेपाली रकम बराबरको औषत आम्दानी गर्ने गरेको बताउदै किसानको आम्दानी वृद्धि गर्नसक्नु कम्पनीको गौरवको विषय रहेको बताउनुभयो । अमेरिकाको एलेन कम्पनीलाई २०११ मा किनेर त्यहापनि पोल्ट्री व्यवसाय गरिरहेको बताउनुहुदै १.५ किलो दाना बाटै १ किलो कुखुरा उत्पादन गर्न सकेको पनि उहाले बताउनुभयो । हाल कोरियामा ९७ प्रतिशत कुखुरा किसानबाट खरिद गरी प्रोसेस गरेर मार्केटमा बिक्री गर्ने गरेको र त्यसको लागि ६५० वटा फार्मबाट नियमित कुखुरा खरिद गर्ने गरेको जानकारी दिनुभयो ।
छलफलमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष तथा संघका कार्यसमिति सदस्य राजु अधिकारीले फ्रोजन तथा प्याकेजिङ गरिएका मासुको कारोबार नेपालमा प्रचलनमा नरहेको बताउनु भयो । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ५६ वटा अण्डा र १२ किलो मासुको उपभोग गर्ने अनुमानित आंकडा रहेको बताउनु भयो । कोरियामा भने प्रतिव्यक्ति प्रतिवर्ष ३०० वटा अण्डा र १५ किलो मासु उपभोग गर्ने गरेको तथ्यांक रहेको भाइस प्रेसिडेन्ट Jung Moon Song ले बताउनु भयो ।

Korea3
कार्यक्रममा गिम्हे माईग्रेण्ट हाउसका बोर्ड मेम्बर Lee Bong Soo, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, एसियन फोरम नेपालका सिद्धि बराललगायत मउवासंघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र पोल्ट्री व्यवसायी, किसान, गाउपालिकाका प्रतिनिधि तथा पशु चिकित्सकहरुको सहभागिता रहेको थियो ।
छलफलमा पोल्ट्री व्यवसायीहरुले दानाको लागत घटाउने बिषयमा राखेको जिज्ञासामा हारिम पोल्ट्री फार्मका भाइस प्रेसिडेन्ट Jung Moon Song ले गुणस्तरीय चल्ला तथा आफैले दाना उत्पादन गर्न सके दानाको लागत घटाउन सकिने बताउनुभयो । साथै दानाको कच्चापदार्थको गुणस्तरको प्राविधिक परिक्षणपश्चात मात्रै कसरी दाना उत्पादन गर्ने भनेर भन्न सकिने उहाले बताउनुभयो । छलफलपश्चात टोली चितवनको फार्म अवलोकनको लागि प्रस्थान गरेको छ भने माघ ३ गते स्वदेश कारिया फर्कनेछ ।

 

Korea4



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback