News & Events »

कोभिड संक्रमितको घरदैलो नियमित (२०७८ जेष्ठ २०)

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गर्नेगरी पल्पसा सभागृह परिसरमा पल्पसा आइसोलेशन सेन्टर बुधबारबाट संचालनमा आएपछि हालसम्म दुईजना संक्रमित भर्ना भएका छन् । पल्पसा आइसोलेशन सेन्टरमा दुईजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । संक्रमितलाई बिहान र बेलुकाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजले गरिरहेको छ ।

पल्पसा आइसोलेशन सेन्टरको बिहीबार अनुगमन भएको छ । स्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका संयुक्त टोलीले अनुगमन गरेका हुन् । टोलीमा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई, स्वास्थ्य कार्यालय मकवानपुरका क्षयरोग तथा कुष्टरोग निरीक्षक ठाकुर पौडेल र जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेको सहभागिता रहेको थियो । टोलीले निरीक्षणपश्चात रायसल्लाह दिनुहुदै पल्पसा आइसोलेशनको व्यवस्थापन सन्तोषजनक रहेको प्रतिक्रिया दिनुभएको थियो । साथै पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले रायसल्लाहलाई पूर्ण आत्मसात गरिने बताउनु भएको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरको अभियानलाई सहयोगी मञ्चले बिहीबार सहयोग गरेका छन् । चामल १०० किलो, तेल दुई काटुन, दाल १५ किलो र दालमोठ ८ प्याकेट मञ्चले सहयोग गरेको हो ।
कोभिड हेल्प डेक्स मकवानपुरको सचिवालयबाट बिहीबार ४२ जना संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिएको छ ।
बिहीबार ७ सिलिण्डर अक्सिजन हेल्प डेस्कबाट निःशुल्क वितरण गरिएको छ । ५ वटा मनहरी गाउ“पालिका, एउटा हेटौंडा–१९, बस्तिपुर र एउटा हेटौंडा–९ मा पठाइएको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले बिहीबार दुई चरणमा कोभिड संक्रमितको घरदैलो गरेका छन् । हेटौंडा ४ र ५ मा बागमती प्रदेश सांसद मुनु सिग्देल, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैन, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य शंकरलाल श्रेष्ठ, स्थानीय देवेन्द्र कोइराला र वडाका स्वस्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । त्यसैगरी हेटौंडा १ मा गरिएको घरदैलो कार्यक्रममा बागमती प्रदेश सभाका सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य शंकरलाल श्रेष्ठ र मउवासंघका कोषाध्यक्ष अनिल अग्रवालको सहभागिता रहेको थियो । घरदैलो गर्ने क्रममा कोभिडको कारण मृत्युभएका चारजनाको घरमा पनि टोली पुगेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback