News & Events »

कृतज्ञता ज्ञापन !!

यस संघको मुख्य आयोजना, जिल्ला विकास समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका कार्यालय र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा मिति २०७२ फागुन २० गतेदेखि ३० गतेसम्म हेटौंडा–४ स्थित लोकतान्त्रिक (हुप्र) चौरमा आयोजना गरिएको “राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२” लाई भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने जिल्लास्थित विभिन्न सरकारी, गैरसरकारी संघसंस्था, कार्यालय, निकायहरु, विभिन्न उद्योगी व्यवसायी, राजनैतिक दलहरु, स्थानीय टोल विकास संस्थाहरु, प्रहरी प्रशासन, पत्रपत्रिका, रेडियो, टिभी तथा मेला भर्न आउनुहुने आम सर्वसाधारणमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

साथै मेलामा मुख्य प्रायोजन, प्रायोजन, सह–प्रायोजन, सह–आयोजन, प्रवद्र्धन, टेक पार्टनर, आधिकारिक मिडिया, बैंक, बीमा, सहयोगीलगायत हेटौंडा आइडल प्रायोजन गरी मेलालाई थप सफलता प्रदान गर्न सहयोग पु-याउनु भएकोमा सम्पूर्ण उद्योगी, व्यवसायी एवम् संघसंस्थाहरुलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यहाँहरुको पूर्ण सहयोगको अपेक्षासहित पुनः सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

राजकुमार न्यौपाने

अध्यक्ष, मउवासंघ तथा

संयोजक, मेला मूल समारोह समिति



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback