News & Events »

किवी खेतीसम्बन्धी ३ दिने तालिम सम्पन्न

एक गाउ“ एक उत्पादन कार्यक्रमअन्तर्गत ३ दिने प्राङ्गरिक किवी उत्पादन, उपरान्त प्रविधि तथा प्रमाणीकरणसम्बन्धी ३ दिने तालिमको आयोजना गरिएको छ ।
    गत माघ १२ गतेदेखि १४ गतेसम्म जिल्ला कृषि विकास कार्यालय मकवानपुरको सभाहलमा भएको कार्यक्रममा जिल्लाका २४ जना कृषकको सहभागिता रहेको थियो । मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख रेवतीरमण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । चन्द्रमान श्रेष्ठ र ऋषि अधिकारीले सहभागीलाई तालिम प्रदान गर्नुभएको थियो । तालिमबाट प्राङ्गारिक किवी खेतीसम्बन्धी पञ्चर्षीय योजनासमेत बनाइएको छ । प्राङ्गारिक किवी उत्पादन तथा बजारीकरण कार्यबाट पञ्चबर्षीय योजनाको अन्तिम वर्षमा मकवानपुरबाट २४ सय मेट्रिक टन उत्पादन तथा बिक्री वितरण गर्ने योजना बनाइएको बताइएको छ । तालिम समापन कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठले प्राङ्गारिक कृषि उत्पादन कार्यक्रम ३ वर्षभित्र लागू गरिसक्नुपर्ने धारणा राख्नुभएको थियो । तालिमबाट सिकेका सीपको सही सदुपयोग गर्न सहभागीलाई श्रेष्ठको आग्रह थियो । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा तालिम समापन कार्यक्रम भएको थियो ।      



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback