News & Events »

किवि खेती सम्बन्धी एक दिवसीय अन्तरक्रियक गोष्ठी


स्थानिय विकास अधिकारी श्री गोकर्ण प्रसाद शर्माज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूले सभापतित्को आशन ग्रहण गर्नुभएको थियो ।
    कार्यक्रममा स्वागत मन्तब्य दिनुहु“दै नेपाल उद्योग वाणिज्य महासंघ द्घारा संचालित “एक गाउ“ एक उत्पादन अन्तरगत परेको किवी खेती ” विगत एक वर्ष देखी मकवानपुरको बज्रबाराही, नामटार, सुपि∙, लगाएतका ठाउ“हरुमा किवि उत्पादन भैरहेको जानकारी गराउनुहु“दै कार्यक्रममा पाल्नुहुने सबैलाई स्वागत गर्नुहु“दै आफ्नो भनाईहरु अन्त्य गर्नुभएको थियो ।
    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहु“दै वरिष्ठ बागवानी विकास अधिकृत श्री चन्द्रमान श्रेष्ठज्यूले मकवानपुरमा किवि खेती किन भन्ने कुराको व्याख्या गर्नुभएको थियो । नेपालमा विगत २ वर्ष यता मात्र किवी फलको बारेमा जानकारी भएको कुरा व्यक्त गर्नुभएको थियो । किवि फलहरु मध्येकै उत्कृष्ट रहेको कुरा समेत बताउनुभयो । किविको उत्पति पूर्वी चिनबाट भएता पनि न्यूजिल्याण्डबाट मात्र प्रचार प्रसार भएको बताउनुभयो । किवि फल किवि नाम गरेको चराको नामबाट रहन गएको भनाई रहेको बताउनुभयो । किवि फलको छुट्टै विशेषता रहेको पाईन्छ, किवि मौसममा निर्भर रहने भएकोले विश्वको मौसम च्यगलमष्लन ृथभबचे  भएकोले किवि फल बारै महिना उपलब्धहुने, स्टोर गर्न सकिने जस्ता गुण रहेको बताउनुभयो ।
    कार्यक्रममा श्रेष्ठले किविको त्रिकोण लगानी ,साधन श्रोत, प्रविधि मध्ये प्रविधिको कमि रहेको कारण उत्पादन सोचे जस्तो हुननसकेको बताउनुभयो । किवि सम्बन्धी बधबचभलभकक र प्रविधिको विकास गर्नसके किविको व्यवसायिक खेती गर्न सकिनेमा विश्वास लिएको बताउ“दै आफ्नो प्रस्तुति टुङ्ग्याउनुभएको थियो ।
    कृषकको तर्फबाट कृष्ण भोम्जनले मन्तब्य दिनुभएको थियो । आफुले २०६४ सालमा किवि लगाएको शुरुमा १५÷१६ बोटबाट शुरु गरेको बताउनुभयो । पहिला प्रविधि ज्ञान नभएको तर अहिलेको अवस्थामा धेरै ज्ञान भएको, बोट रोपेर ६ फुट अग्लो बार बनाएर लगाउनु पर्ने सुझाव दिनुहु“दै थोरै बोट लगाएर पनि उच्च उत्पादन गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो ।
    अन्त्यमा गाविस, जिविस र जिल्ला कृषि कार्यलयबाट सहयोग गर्नको लागि आग्रह गर्दै आफ्नो भनाई टुङ्ग्याउनभयो ।
    संघका सल्लाहाकार प्रताप विष्टले किवी खेतीको लागि कृषक र मउवा संघ संगै हिड्नु पर्ने बताउनुभयो । कृषिलाई व्यवसायिक बनाउनको लागि विशिष्ट व्यक्तित्वको समलग्नता हुनुपर्ने बताउनुभयो । कृषकको एकल प्रयास नेतृत्वको कमीले अगि बढ्न नसकेको अवस्था छ, राजनैतिक हस्तक्षेप आवश्यक रहेको बताउनुभयो । पत्रकार, मउवा संघ, जिविस लगायतको चासोबाट मात्र सफल भइन्छ भन्दै भनाइ अन्त्य गर्नुभयो ।
पूर्व अध्यक्ष जीवनकाजी माकाजु श्रेष्ठले आफु इच्छुक रहेको बताउनुभयो । खेती कामचलाउ मात्र नभई व्यवसायि किसिमले गर्नु पर्छ, आधुनिक कृषिमा अवसर पाएको अवस्थामा यसलाई सदुपयोग गर्नु पर्दछ भन्दै आफ्नो भनाई टुङ्ग्याउनुभयो ।
राजनैतिक दलको तर्फबाट बोल्नुहु“दै प्रल्लाहद लामिछाने कृषक र नेताको दोहोरो सम्बन्धले ब्मखयअबअथ, ःभमष्ब, ऋयखभचबनभ हुने बताउनुभयो । कृषि प्रदान देशमा कृषिजन्य उत्पादनमा लाग्दा देशव्यापी रुममा परिवर्तन हुने आशा लागेको विचार व्यक्त गर्नुभयो । जिविस, कृषि विकास कार्यालयहरुलाई कृषिमा विशेष चासो दिनुहुन आग्रह गदैं आफ्नो भनाई सकाउनुभयो ।
कार्यक्रमा प्रमुख अतिथि श्री गोकर्ण प्रसाद शर्माले कृषिलाई गुणस्तर, व्यवसायिककता प्राविधिक  बनाउन तथा प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभयो । जिविस सदैव मउवा संघ र कृषक साथ रहने विश्वास दिलाउ“दै आफ्नो भनाई अन्त्य गर्नुभयो ।  
    कार्यक्रमलाई सधन्यवाद समापन संघका वरिष्ठ उपाध्यक्ष्ँ श्री प्रकाश ढकालले गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback