News & Events »

कार्यालय सहयोगी भीम श्रेष्ठलाई आर्थिक सहयोग (२०७८ आषाढ २४)

Bhim Shrestha

मकवानपुर उद्योग वाणिज्य संघबाट ५८ बर्षे उमेरहदको कारण कार्यालय सहयोगी पदबाट भर्खरै अवकास भएका भीम बहादुर श्रेष्ठको उपचारको लागि संघका कार्यसमिति र सल्लाहकारबाट आर्थिक सहयोग गरिएको छ । संघका महासचिव प्रमोद सिंह रानाभाटको अगुवाइमा संकलित रकम रु. १,२५,०००।– बिहीबार भरतपुर नै गई हस्तान्तरण गरिएको महासचिव रानाभाटले जानकारी गराएका छन् ।

Bhim Shrestha 1

फोक्सो, किडनीमा संक्रमण र तत्कालै अप्रेसनसमेत गर्नुपर्ने भएकोले परिवारका सदस्यहरुले आषाढ ५ गते भरतपुरको पूरानो मेडिकल कलेजमा लगेका थिए । आषाढ ६ गते अप्रेसनसम्पन्न भएको र प्रारम्भमा भेन्टिलेटरमा राखी उपचार गर्नु परेपनि हाल जनरल वार्डमा स्वास्थ्यलाभ लिइरहेका छन् भने अस्पताल प्रशासनले चाडै डिस्चार्ज हुने जानकारी गराएका छन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback