News & Events »

पार्किङ व्यवस्थापन सम्बन्धमा छलफल (२०७६ फागुन ५)

Parking Discussion1
मकवानपुर उद्योग बाणिज्य संघमा सोमबार पार्किङ व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष कृष्ण कटुवालले पार्किङको कारण बजार अस्तब्यस्त देखिएकोले सबैले यसको समाधानमा पहल गर्नुपर्ने बताउनु हुदै नगरपालिका तथा सम्बन्धित सरकारी निकाय र सरोकारवालाहरुको एउटै धारणा बनाउन छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडालाई प्रदेश राजधानी बनाउन धेरै पहलहरु भएको तर हेटौंडाको बजार व्यवस्थापनमा भने पर्याप्त ध्यान नपुगेको बताउनु भयो । प्रदेशको स्थायी राजधानी भैसकेपछि हेटौंडाबासी माथी बजार व्यवस्थित गनुपर्ने दायित्व बढेको उहाले बताउनुभयो । हेटौंडाबासीले राजधानीबासी भएकै कारण कस्तो बानीव्यवहार हुनुपर्ने हो भन्नेमा ध्यान दिनुपर्ने बताउनु भयो । सबैभन्दा बढी जनसंख्या भएको, बढी आम्दानीको स्रोत भएको र संघीय राजधानी पनि यहि प्रदेशमा भएकोले बिभिन्न स्थानबाट राजधानी आउने व्यक्तिहरुसंगको सम्बन्ध बढाउदै हेटौंडा प्रदेशको राजधानी हुनुको औचित्य थप पुष्टी गर्नुपर्ने धारणा राख्नुभयो । उहाले बजार व्यवस्थापनको लागि आफैले नियम बनाएर आफै त्यो नियममा हिडेर जिम्मेवारी बोध गर्नुपर्ने बताउनु हुदै यसको समन्वयको लागि आफू क्रियाशिल रहेको बताउनुभयो ।
छलफलको क्रममा बोल्नुहुदै सार्वजनिक मकवानपुर यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र कार्कीले स्थानीय गाडीहरु समन्वय गर्ने संस्थाको हैसियतले पार्किङ व्यवस्थापनको लागि जिम्मेवारीपूर्वक सहजरुपमा प्रस्तुत भइरहेको र फुटपाथ व्यवस्थापन गर्दै पार्किङका लागि पास सिस्टम बनाई कार्यान्वयन गर्नुपर्ने उहाको भनाई थियो । उहाले पिक आवर ९ देखि ११ र ३ देखि ५ को समयमा बुद्धचोकदेखि सिमाचोकसम्म गाडी प्रवेश रोक्न सुझाव पनि दिनुभयो । नेपाल अटो तथा विद्युतीय सवारी तर्फका अध्यक्ष भिम गौतमले अटोलाई पार्किङको व्यवस्था गरिदिए त्यो पालना गर्ने बताउनु हुदै प्रतिक्षालय नभएका कारण समस्या भएको बताउनुभयो । फुटपाथमा रहेका पसल हटाएर र सडक विस्तार गरेर पार्किङको समस्या समाधान गर्न सकिने उहाको भनाई थियो । स्वरोजगार मजदुर तर्फका हेटौंडाका अध्यक्ष कृष्ण रेग्मीले पहिले ३४७ रिक्सालाई मात्र अनुमति दिने भनेपनि पछि थपिएको, साघुरो बाटो र अटो तथा मयुरीको संख्या पनि ८००० भन्दा बढी भएकोले समस्या देखिएको बताउनु भयो ।
नेपाल अटो संघका संजय रायले हरेक ठाउमा सिमित ४/५ वटा मात्र अटो पार्किङ गर्ने व्यवस्था गरेर पार्किङ समस्या समाधान गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल अटो संघकै नवराज घिमिरेले पार्किङ व्यवस्थापनको लागि पहिले पनि पहल भएको र यो दोस्रो पटक पनि आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभयो । व्यवसायी समिरलाल डंगोलले खोपेगल्ली र बासुदेवमार्ग पनि वन वे बनाउन सुझाव दिनुभयो । उहाले वाइपास सडक निर्माण भइरहेकोले सडकको चाप घट्ने, मोटरसाइकललाई आधा सडक र आधा पेटीमा राख्न मिल्ने गरि सडक निर्माण भए त्यसले पनि समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो ।
छलफलमा यातायात व्यवसायीहरु राजकुमार लामा, परशुराम गिरी, ईन्दिरा चौलागाई, रन्जना बर्तौलालगायतले पनि सुझावहरु दिनुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय कृष्ण कुमार गुप्ता, रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिवद्वय सन्तोष अर्याल र विष्णुगोपाल महर्जन, कार्यसमिति सदस्यहरु निलम बैद्य, राजाराम कार्की, कृष्ण ढुंगाना, प्रतिमा श्रेष्ठलगायत यातायात व्यावसायीहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback