News & Events »

कर सप्ताह (२०७५ मंसिर १–७)

                आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट प्रत्येक वर्ष मनाईने कर सप्ताह कार्यक्रममा संघले पनि आवश्यक सहयोग गर्दै आईरेहको छ । यसवर्ष पनि “करः समृद्ध नेपाल खुशीभर” भन्ने नाराकासाथ सातौं राष्ट्रिय कर दिवस २०७५ मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाईएको छ । कर सप्ताह मनाउने क्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडाले दैनिकरुपमा विभिन्न कर सम्बन्धी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर १ गते हेटौंडामा निकालिएको प्रभातफेरीमा संघको तर्फबाट उद्योगी व्यवसायीसहितको सहभागिता रहेको थियो । मंसिर ३ गते मकवानपुर जिल्लाको पूर्वी क्ष्ँेत्र बाग्मती गाउ“पालिका वडा नं. ६ को कार्यालयमा मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त टोलीले एक दिवसीय करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको थियो । त्यसैगरी मंसिर ५ गते मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा संघको सहयोगमा उद्योगी व्यवसायीहरुलाई करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो । कर सप्ताह समापन कार्यक्रममा पनि संघको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback