News & Events »

कर शिक्षा तालिम । (२०७५ जेष्ठ ३)

                संघका का.वा. अध्यक्ष माधव न्यौपानेज्यूको अध्यक्षतामा कर शिक्षा तालिमको आयोजना गरिएको छ ।

उद्घाटन मन्तव्यको क्रममा व्यवसायीहरुलाई कर शिक्षाको तालिम प्रदान गरी कर सम्वन्धी हिसाव किताव राख्न सहज वनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको न्यौपानेले वताउनुभएको थियो । व्यवसायीहरुले दैनिक राखेका हिसाव नियमानुसार भए नभएका हेर्नका लागि पनि अध्ययनरत विद्यार्थिहरुलाई समेत यस्ता तालिम दिने संघको लक्ष रहेको र तालिम पश्चात उनीहरुलाई व्यवसायीको माग बमोजिम कम भन्दा कम शुल्क लिई हिसाब हेर्ने व्यवस्थासमेत मिलाउने बताउनुभएको थियो । तालिममा आन्तरिक राजश्व कार्यालय, मकवानपुरका कर अधिकृत दिलक आचार्यज्यूले सहजीकरण गर्नुभएको थियो ।

कर शिक्षा तालिमको आवश्यकता बारे प्रकाश पार्नुहुदै संघका उपाध्यक्ष रामप्रसाद न्यापानेज्यूले तालिमले व्यवसायीहरुको अन्यौलता हटाउने र बढी भन्दा बढी कर शिक्षा प्रदान गर्दै जाने बताउनुभएको थियो । तालिममा मकवानपुर सुनचा“दी व्यवसायी संघ तथा कुटानी पिसानी व्यवसायी संघका पदाधिकारी तथा सदस्यज्यूहरु गरी ५० जनाको सहभागिता रहेको थियो । सुनचा“दी व्यवसायी संघका अध्यक्ष ज्योतिरत्न वज्राचार्यज्यूले तालिमको उपयोगिता निकै राम्रो भएको र अझ वढी कर शिक्षाको आवश्यकता महसुस भएको बताउनुहु“दै संघलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको समापन कासस सुनिल अधिकारीज्यूले गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback