News & Events »

कर शिक्षा तथा अन्तक्र्रिया बागमती गाऊपालिकामा (२०७६ आश्विन ३ र ४)

Tax Program 6.03

मकवानपुर उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजश्व कार्यालय, हेटौंडाको आयोजनामा दुई दिवसीय करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । २०७६ आश्विन ३ गते बागमती गाऊपालिका–२, राईगाऊमा र आश्विन ४ गते बागमती गाऊपालिका–६, फापरबारीका स्थानीय व्यवसायी तथा ईच्छुक अन्य सर्वसाधारणको सहभागितामा कार्यक्रम भएको हो । कर अधिकृत दिपक भुषालले कार्यक्रममा सहभागिहरुलाई कर सम्बन्धी प्रशिक्षण गराउनु भएको थियो ।
बागमती गाऊपालिका–२, राईगाऊको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षता, आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख सन्त बहादुर ढकालको प्रमुख आतिथ्यता तथा बागमती गाउपालिका वडा नं. २ का वडा अध्यक्ष जगत बहादुर भोलनको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. २ का वडा सदस्यहरु कामि सिंह भोलन र रुप बहादुर रानाको पनि आतिथ्यता रहेको थियो । त्यसैगरी दोश्रो दिन बागमती गाऊपालिका–६, फापरबारीको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षता, आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख सन्त बहादुर ढकालको प्रमुख आतिथ्यता तथा बागमती वडा नं. ६ का वडा अध्यक्ष धु्रव थापाको विशेष आतिथ्यता रहेको थियो ।
संघका कार्यसमिति सदस्य नरेन्द्र भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कार्यसमिति सदस्य माधव ज्ञवाली, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सरोज ढकाल, नायव सुब्बा सुरेन्द्र गौतम, सागर पन्थी र संघका कर्मचारी विजय भण्डारीको सहभागिता रहेको थियो ।

Tax Program 6.04



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback