News & Events »

कर छुट सम्बन्धी अन्तर्क्रिया (२०७७ माघ १८)

Discount on tax1

आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट सुविधाहरु सम्बन्धमा आइतबार अन्तर्क्रिया कार्यक्रम भएको छ । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत विभिन्न छुट सुविधाहरुको व्यवस्था गरेको छ । जसको लाभ २०७७ फागुनसम्म लिन सकिने व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विनोद कुमार कार्कीले बताएका छन् ।

Discount on tax2

विभिन्न सुविधाहरुको बारेमा प्रस्तुति गर्नुहुदै अधिकृत कार्कीले सोको लाभ उद्योगी/व्यवसायीहरुले समयमै उठाउनु पर्ने अर्थात फागुन मसान्त भित्रै सुविधा लिनुपर्ने बताउनु भएको थियो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख कर अधिकृत शालिकराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कर तथा लेखा परामर्शदाता सकुल कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कार्यसमिति सदस्य रवि कडेल शर्मा, नरेन्द्र भण्डारी, रुपकराज दहाललगायतले मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीलगायतको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback