News & Events »

कर अधिकृतको सम्मानमा स्वागत


    मकवानपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय हेटौंडामा भर्खर सरुवा भैै आउनुभएकाच प्रमुख कर अधिकृत जीवनकुमार घिमिरेको सम्मान तथा स्वागत गरेको छ । संघको कार्यकक्षमा भएको कार्यक्रम संघका अध्यक्ष भुवनलाल श्रेष्ठको सभापतित्वमा भएको थियो । आफुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत घिमिरेले आगामी दिनमा सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । व्यवसायमा न्यून बिजकीकरणको समस्या धेरै लामो समयदेखिको भएको भन्दै उहा“ले पैठारीकर्ताले ध्यानदिए समस्या समाधानहुने विश्वास व्यक्त गर्नुभयो । व्यवसायमा लेखापरिक्षणको समस्या पनि जटिल बन्दैगएको बताउ“दै घिमिरेले लेखा परिक्षक जिम्मेवार हुनु जरुरी रहेको औंल्याउनभयो । राजश्व विभागले करको दायरामा आउने व्यवसायीलाई कर छुटको समेत व्यवस्था गरेकाले चा“डो भन्दा चा“डो करको दायरमा आउन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष भुवनलाल श्रेष्ठले व्यवसायीहरुले भोगिरहेका न्यून बिजकीकरण समस्या,सरकारको नीति नियमहरु समयमै व्यवसायी माझ नआउनु जस्ता समस्याको बारेमा उल्लेख गर्नुभएको थियो । साथै संघले अनुगमनको विरोध नगरेको कुरा समेत प्रष्ट्याउनुभएको थियो । संघका निवर्तमान अध्यक्ष अरुणराज सुमार्गीले मिसम्याचको समस्याको कारण व्यवसायी मारमा परिरहेको बताउनुभयो । उद्योग वाणिज्य संघ राजश्व संकलनमा सहयोगी रहेको प्रष्ट्याउ“दै सुमार्गीले अडिटरको कमीले समस्या भैरहेको जानकारी गराउनुभयो । कर नतिर्नेलाई दायरामा ल्याउनुपर्नेमा जोड दिंदै उहा“ले कर मैत्री वातावरणको व्यवस्था हुनुपर्ने बताउनुभयो । त्यसैगरि संघका सह–कोषाध्यक्ष तथा कर संयोजक अनिल अग्रवालले बजार अनुगमनमा संघको प्रतिनिधित्व नभैरहेको भन्दै गुनासो गर्नुभयो । हार्डवेयर तथा ईलोक्ट्रनिक व्यवसायीहरुलाई अनिवार्य रुपमा भ्याटमा जानुपर्ने भएकाले समस्यामा परेको अग्रवालले बताउनुभयो । पोके व्यापारीलाई निरुत्साहित गर्नुपर्नेमा अग्रवालको जोड थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृतहरु घनश्याम पन्थी, धनकुमार राई तथा रुपेशजंग थापामगर, संघका उपाध्यक्ष राजकुमार न्यौपाने, महासचिव माधव न्यौपाने, विभिन्न वस्तुगत संघका अध्यक्ष्ँ तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback