News & Events »

औद्योगिक सुरक्षाबल सम्बन्धी छलफल

संघको आयोजनामा एनबिआई र इन्टरनेशनल एलर्डद्वारा तयार पारिएको औद्योगिक सुरक्षाबल सम्बन्धी कार्यपत्र प्रस्तुत विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ ।
    आज भएकोे कार्यक्रममा संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रमा भएको थियो । कार्यक्रममा बोल्दै मकवानपुरका सहायक प्रजिअ हरिप्रसाद भण्डारीले औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको र थप सुरक्षा आवश्यक परे उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्नुभयो । व्यवसायीहरुले समन्वय र सहयोग गर्न जरुरी रहेको समेत उहा“ले बताउनुभयो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष ज्यूले हेटौंडा औद्योगिक क्षेत्र तथा अन्य निकायमा राम्रो सुरक्षा पाइएको बताउनुभयो ।
    हेटौंडामा हाल २० जना सुरक्षाबल रहेका छन् । औद्योगिक क्षेत्रमा राजनीतीकरण बढी हुने भएकाले एक उद्योगमा एक मात्र ट्रेड युनियन हुनुपर्नेमा कार्यक्रममा सहभागी वक्ताको जोड थियो । औद्योगिक क्षेत्रमा नेपाल सरकारले सुरक्षा व्यवस्था गरिरहेको छ । कार्यक्रममा एनबिआई इन्टरनेशनल एलर्टका कपिल काफ्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।        



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback