News & Events »

औद्योगिक क्षेत्र व्यवस्थापन अध्यक्षले भन्नुभयो ‘कपडा उद्योग सञ्चालन गर्न सडक संघर्ष’


नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नन्दकिशोर बस्नेतले हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित हाल बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनका लागि सडक संघर्ष गर्नुपर्ने धारणा राख्नुभएको छ ।
नेपाल सरकारबाट सञ्चालक समिति अध्यक्षमा नियुक्त हुनुभएका बस्नेतले कपडा उद्योग सञ्चालनका लागि मकवानपुरमा रहेका राजनीतिक दल, उद्योगी, व्यवसायी र कपडा उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने मान्यता भएकाहरुलाई सरकारलाई दबाब दिन सडक संघर्षमा उत्रिन आग्रह गर्नुभएको हो । मकवानपुर उद्योग बाणिज्य संघद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै बस्नेतले कपडा उद्योग मकवानपुरको गहना भएकाले सडक संघर्ष गरेरै भए पनि सञ्चालन गर्नुपर्ने बताउनु भएको हो । ‘कपडा उद्योग पुनसंंचालन जरुरी छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘त्यसका लागि सबै मिलेर सरकारलाई दबाब दिनुपर्छ । सडक जाम गर्नेबित्तिक मातहत हु“दै सरकारको ध्यानाकर्षण हुने अबस्था देखिएको छ र निर्णयका लागि म भएको ठाउ“मा आइपुग्छ ।’ उहांले कपडा उद्योग पुनर्संञ्चालनका लागि सरकारले नीति बनाउन जरुरी रहेको बताउनुभयो । उहा“ले आर्मी, प्रहरी, सशस्त्र र निजामति कर्मचारीले कपडा उद्योगबाट उत्पादित कपडा प्रयोग गर्नुपर्ने नीति निर्माण भए उद्योग सजिलै सञ्चालन हुने दाबी गर्नुभयो ।
‘उद्योगमा एक अर्बभन्दा बढीको पू“जी छ । अब त्यसलाई बेचबिखन गर्ने होइन, सञ्चालन गर्ने हो ,’ बस्नेतले पोखराबासीले आन्दोलन गरेर क्षेत्रीय एयरपोर्ट पोखरा लगेको भन्दै सबै मकवानपुरेले कपडा उद्योग सञ्चालनका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ मध्यमाञ्चल अध्यक्ष अरुणराज सुमार्गीले उद्योगी, व्यवसायी र लिमिटेड मिलेर औद्योगिक र श्रम नीतिका लागि सरकारसँग संयुक्त पहल गर्नुपर्ने औंल्याउनुभयो । औद्योगिक वातावरण तयार पार्न, मकवानपुरमा दोस्रो औद्योगिक क्षेत्र स्थापना गर्न र उद्योगीका समस्या समाधान गर्नका लागि हातेमालो गरेर अगाडि बढ्न अध्यक्ष सुमार्गीले सुझाउनुभयो ।
मकवानपुर उवा संघ अध्यक्ष भुवनलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मउवा संघ पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडा प्रमुख दिलीपकुमार श्रेष्ठ, मउवा संघका सदस्य विजय वैद्य तथा मउवा संघ बरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback