News & Events »

ऐन संशोधनको तयारी भइसक्योः मन्त्री बस्नेत

 उद्योग मन्त्री महेश बस्नेतले सर्वजनिक खरिद ऐन र औद्योगिक व्यवसाय ऐन आवश्यक संशोधनको लागि आउंदो संसद वैठकमा पेश गरिने तयारी भएको बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वदेशी व्यवसायीले विदेशमा पनि लगानी गर्न पाउने कानुन बनाउन आफूले पहल गरिरहेको बताउनुभयो ।
 सेना प्रहरीलगायतका सरकारी कर्मचारीहरुलाई आवश्यक पर्ने उपभोग्य बस्तु १५ प्रतिशत महंगो भए पनि नेपालकै खरिद गर्नुपर्ने प्रावधान बनाउन लगागिएको पनि मन्त्री बस्नेतले जानकारी दिनुभयो । उद्योग दर्तालाई अनलाइनमार्फत दर्त गर्ने रजिष्टार कार्यालयमा सुरु भए पनि उद्योग विभागमा पनि लागू गर्ने तयारी भइरहेको उहांको भनाइ थियो । १० करोड सम्मको पुंजी भएको उद्योग दर्ता जिल्लामा नै गर्न सकिने व्यवस्था गर्न लागिपरेको उहांले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट वृद्धि भएको भन्दै मन्त्री बस्नेतले खुसी व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले संघका नवनिर्वाचित अध्यक्ष राजकुमार न्यौपानेलाई बधाइ तथा सफल कार्यकालको कामनासमेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उहांले युवालाई संघर्ष मात्र नभई सिर्जनशील कार्यमा लाग्न राज्यले प्रेरणा दिनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । कुल जनसंख्याको ४० प्रतिशत युवा भएकाले नेपालले विकासको गति लिन सक्ने प्रसस्त संभावना रहेको उहांले बताउनुभयो । उद्योग वाणिज्य संघ र सरकार मिलेर श्रमलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ विचार गर्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।  
    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गीेले राष्ट्रिय एजेन्डाको रुपमा सार्वजनिक खरिद ऐन आवश्यक रहेको औंल्याउनुभयो । मकवानपुरमा खोलाको सतह बढेकाले क्रसर उद्योग ल्याइएको भन्दै सरकारको नीति नियम व्यवस्थित नभएकोले समस्या भएको सुमार्गीको भनाइ थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानले जिल्लाको बस्तुस्थितिको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराउंदै संघको गतिविधिबारे प्रकाश पार्नुभएको थियो । संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा तथा माननीय उद्योग मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा जिल्लाको समसामयिक विषयमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback