प्रथम अन्तराष्ट्रिय योग दिवसको अवसरमा भारतिय महा वाणिज्य दुतावास वीरगंजको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघ, पंतन्जली जिल्ला समिति मकवानपुर र शहिद स्मारक विकास समितिको सहयोगमा एक दिवशीय योग शिविर कार्यक्रमको आयोजना पल्पसा सभा गृहमा गरिएको थियो । कार्यक्रमको सभाध्यक्षता संघका अध्यक्ष राजकुमार न्यौपानेले गर्नुभएको थियो । शिविरमा योग गुरु डा. दयाशंकर विद्यालंकारले प्रशिक्षण गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, स्थानीय विकास अधिकारी, भारतिय महा वाणिज्य दुतावास वीरगंजका महा वाणिज्य दुत श्रीमती अन्जु श्रीरन्जन, संघका पूर्व अध्यक्ष तथा मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत तथा पतञ्जली जिल्ला समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायतकाले मन्तब्य दिनुहु“दै मानव जीवनमा योगको महत्वको बारेमा जानकारी गराउनुभएको थियो । योग गुरुले शिविरमा ३ घण्टाको प्रशिक्षण गराउनुभएको थियो ।
शिविरमा शहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल, पतन्जली योग समिति नेपालका केन्द्रिय सदस्य हरि के.सी., प्रहरी नायव उपरिक्षक शिशु शर्मा, संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, प्रहरी उपरिक्षक रातोमाटे गणका प्रहरी उपरिक्षक मसरुद आलम खान,भारतिय महा वाणिज्य दुतावास विरगंजका एस.एन. अख्तर, ओम शान्ति मकवानपुरका प्रतिनिधिहरु, मनोक्रान्ती योग मकवानपुरका प्रतिनिधिहरु, संघका कार्यसमिति सदस्यहरु, मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।