News & Events »

उर्जा व्यापार सम्झौता (पिटिए) र उर्जा विकास सम्झौता (पिडिए) सम्बन्धि छलफल तथा अन्तक्रिया कार्यक्रमः


    संघको आयोजनामा उर्जा व्यापार सम्झौता र उर्जा विकास सम्झौता सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरिएयो । कार्यक्रम संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्वमा भएको थियो । स्वागत मन्तव्य दिनुहु“दै अध्यक्ष श्रेष्ठले देशमा उर्जाको खा“चो पुरा गर्न सबैको प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो । आफुहरुले जिल्ला स्तरबाट केन्द्रिय स्तरसम्म आवाजलान जरुरी भएको र त्यसको लागि राजनैतिक दलहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल सरकारले भारतसंग गर्ने भनिएको उर्जा सम्झौता राष्ट्रिय हितमा मात्र गर्न आवश्यक रहेको बताइएको छ । भारतसंग गर्न लागिएको उर्जासम्बन्धी सम्झौतामा राष्ट्रिय हित जोडेर अगाडि बढ्न आग्रह गरिएको हो । यो विषयमा गम्भिर भएर सोच्न आग्रह गरिएको छ ।
    नेपालले विगतका वर्षमा भारतसंग गरिएको सम्झौतालाई केलाएर उर्जा सम्झौता गर्न आग्रह गरिएकोछ । नेपालले व्यापारमा व्यहोरेको घाटा कम गर्न उर्जासम्झौता अपरिहार्य रहेको सहभागिहरुले औंलाउनुभएको थियो । देशले आवश्यक विद्युत उत्पादन गर्न नसकी लोडसेडिङको मार खेपिरहनुपर्दा उर्जासम्झँैताले नया“ आयाम लिने सहभागिहरुको भनाई थियो ।
    उहा“हरुले नेपालको अर्थतन्त्रलाई उच्च राख्दै समग्र देशको विकास निर्माणका लागि उर्जासम्झौता तत्काल गर्न जरुरी भएको बताउनुभएको छ । सहभागीले आवश्यक उर्जा उत्पादन गर्न नसक्नुको कारण देश विकासमा पछाडि धकेलिएको भन्दै उर्जासम्झौता गरेर देशको अर्थतन्त्रलाई विकास गर्नुपर्ने बताउनुभएको थियो । राजनितिक पार्टीको तर्फबाट नेपाली का“ग्रेसका रमेश गिरीले भारतसंगको उर्जासम्झौता आवश्यक रहेको बताउनुभयो ।भारत संग उर्जासम्झौता हुन जरुरीरहेको गिरीको भनाई थियो । कार्यक्रममा जिल्लाका सम्पूर्ण राजनैतिक दलहरुले आ–आफ्नो भनाई राख्नुभएको थियो । समग्रमा देशको हितहुने किसिमले सम्झौता आवश्यक रहेको विचारहरु आएका थिए ।
    कार्यक्रममा संघका का.स.स. तथा वस्तुगत संयोजक श्री यम बहादुर सिलवालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा नेपालमा जलविद्युतको संभावना र हालको उत्पादन अवस्था, विगत १० वर्षदेखि देशको आयात निर्यात अवस्था र व्यापार घाटाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमलाई स–धन्यवाद सहित संघका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश ढकालले समापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback