News & Events »

उपभोक्ता मञ्च नेपाल मकवानपुरका नवनिर्वाचित पदाधिकारीज्यूहरुको स्वागत । (२०७५ श्रावण ३१)

                संघले उपभोक्ता मञ्च नेपाल मकवानपृरका नवनिर्र्वा्चित अध्यक्ष तथा पदाधिकारीज्यूहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रको आयोजना गरेको छ । संघका का.वा. अध्क्षक्ष माधव न्यौपानेज्यूले मञ्चका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीज्यूहरुलाई खादा तथा टिका लगाएर स्वागत गर्नुभएको थियो । न्यौपानेले दुवै संस्था पहलकालागि आवाज उठाउने संस्था भएकाले सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभएको थियो । समृृद्ध नेपाल वनाउन हातेमोलो गर्नुपर्नेमा जोड दिनुहु“दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

                संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठज्यूले नेपाल सरकारको कतिपय नीति नियमले व्यवसायीहरुलाई समस्या परेको बताउनुहु“दै अण्डरबिलि· समस्या, नदिको सतह वृद्धि, २५ मिटर समस्या, बढ्दो सवारी चापलगायतको विषयमा मञ्चको ध्यानाकर्षण गराउनुभएको थियो । संघका कोषाध्यक्ष अनिल अग्रवालज्यूले दुवै संस्था उपभोक्ता र व्यवसायीको हकहित गर्ने संस्था भएको बताउनु भएको थियो भने संघका कार्यकारी सचिव विवेक मानन्धरज्यूले अनु्गमन गर्दा अनुगमनकर्ताले व्यवसायीले अञ्जानवश गल्ती गरेको भए सुधार गर्न र नियतवश गल्ती गरेको भए मात्र कार्वाही गर्न सिफारिश गर्नुपर्ने बताउनुभयो । मञ्चका उपाध्यक्ष कपिल अर्यालज्यूले मञ्च कार्वाही गर्ने संस्था नभई उपभोक्ता र व्यवसायीलाई सुसुचित गर्ने संस्था मात्र भएकोले दुवै संस्थाले संयुक्त रुपमा समन्वय गरी चेतनामूलक कार्यक्रम गर्नुपर्ने विचार व्यक्त गनर््ुभएको थियो । मन्तव्यका क्रममा मञ्चका अध्यक्ष कुमार पौडेलज्यूले दुवै संस्थाको हिड्ने बाटो एउटै भएकोले दुवै संस्थाबीच सुमधुर सम्बन्ध हुनुपर्ने वताउनुभएको थियो । समापन मन्तव्य राख्नुहु“दै संघका उपाध्यक्ष गणेशप्रसाद भेटुवालज्यूले मञ्च र संघ सदैव संगै रही आत्मीय सम्वन्ध राखीे सकारात्मक सोचकासाथ अघि बढ्ने बताउनुभयो । संघका सचिव सन्तोष कुमार अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, मञ्चका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback