News & Events »

कार्यकारी सचिवमा पवन कार्की नियुक्त (२०७६ आश्विन २७)

Executive Secretary

मकवानपुर उद्याेग वाणिज्य संघकाे कार्यकारी सचिव पदमा पवन कार्की नियुक्त भएका छन् । संघकाे पदपूर्ती समितिको मुल्याङ्कन र आश्विन २७ गते बसेको कार्यसमिति वैठकको निर्णयबाट कार्कीलाइ कार्यकारी सचिव पदमा पदोन्नती गरिएकाे हो । संघमा २०६८ आषाढ १ गतेबाट कार्यक्रम तथा लेखा अधिकृत पदमा नियुक्त कार्की २०७६ श्रावण १ गतेबाट संघको कर्मचारी नियमावली अनुसार स्थायीरुपमा नियुक्त भएका थिए । सोपश्चात कार्की हालसम्म संघको लेखा अधिकृत पदमा कार्यरत थिए । कार्कीले २०७६ जेष्ठ १६ गतेदेखि नै संघको कायम मुकायम कार्यकारी सचिवकोरुपमा कार्यभार सम्हाल्दै आएका थिए । संघले सहभागि गराएको जेसीज, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको व्यवस्थापकीय तालिमहरुलगायत विभिन्न अन्तरक्रियाहरुमा संघको तर्फबाट कार्कीले प्रतिनिधित्व गरेका थिए । उद्योग वाणिज्य संघहरुमा कार्यकारी सचिव पद नेपालभरी नै कार्यालय प्रमुखकोरुपमा रहेको छ । कार्कीलाइ संघका अध्यक्ष कृष्ण कटुवाल, महासचिव प्रमाेद सिं रानाभाटलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले बधाइ तथा सफलताको शुभकामना दिएका थिए ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback