News & Events »

उद्योग संघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत कार्यक्रम (2072/8/18)

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको हो । स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै अध्यक्ष न्यौपानेले नवनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । वर्तमान परिस्थितिमा दुवै संस्था हातेमालो गर्दै मिलेर अघि बढ्नुपर्ने बताउनुहुँदै अध्यक्ष न्यौपानेले नयाँ कार्यसमितिले नयाँ ढंगबाट कार्य गर्नुपर्ने बताउनुभयो । 

नवनिर्वाचित अध्यक्ष नवराज अर्यालले विगतमा जे जस्तो भएपनि अबका दिनमा उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघको सम्बन्ध प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । उद्योगको प्रवद्र्धनकालागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष अर्यालले बताउनुभयो ।
संघका महासचिव महेन्द्र राउतले संचालन गर्नुभएको स्वागत कार्यक्रममा संघका पूर्वअध्यक्ष एवम् सल्लाहकार दीपकप्रसाद श्रेष्ठ, संघका सल्लाहकार रघुरमण न्यौपाने, बलराम बल, नवराज विष्ट, उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष माधव अधिकारी, निवर्तमान अध्यक्ष ऋषिराम घिमिरेलगायतले कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई टीका, पूmलमाला र खादा लगाएर स्वागत गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले सम्पूर्ण नवनिर्वाचित सदस्यहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीहरु, काससहरु, महिला उद्यमी सदस्यहरु, वस्तुगत समितिका प्रतिनिधिहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback