News & Events »

उद्योग वाणिज्य दिवस 2071 (2071.12.28)

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस हेटौंडा अस्पतालको विरामीहरुलाई फलफुल वितरण गरेर मनाएको छ । हरेक वर्ष चैत्र २८ गतेका दिन उद्योग वाणिज्य दिवस मनाईने गरिन्छ ।
फलफुल वितरण कार्यक्रमका संयोजक कृष्ण कुमार गुप्ता अग्रवालले उद्योग वाणिज्य दिवसको अवसरमा संघले हरेक वर्ष कुनै न कुनै कार्यक्रम आयोजना गर्ने गरेको बताउनुहुदै अघिल्लो वर्ष झै यस वर्ष पनि विरामीहरुलाई फलफुल वितरण कार्यक्रम राखेको बताउनुभयो । फलफुल वितरण कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनुभएका हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष सुनिल मोक्तानले मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा अस्पतालको स्तरोन्नतिको लागि गरेको सहयोगको प्रशंसा गर्नुहुदै अस्पतालको सेवा सुधारको विषयमा जानकारी गराउनुभयो । अतिथिको रुपमा रहनुभएका मेडिकल सुपरिटेण्डेन्ट प्रवीण श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा अस्पतालको स्तरोन्नतिमा थप सहयोग गर्न आवश्यक रहेको औंल्याउनुभयो ।
संघका महासचिव महेन्द्र राउतले समापन मन्तव्य राख्नुभएको कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु काव्यमणि अधिकारी, दिवस पराजुली, विष्णुगोपाल महर्जन, निलम पाण्डे, उज्वल चौलागाई, विशेष आमन्त्रित सदस्यहरु रामहरि बन्जारा, राजेन्द्र लामिछाने, गोविन्द दाहाललगायत विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु र संघका कर्मचारीहरुको उपस्थिति रहेको थियो । अस्पतालका विभिन्न वार्डमा रहेका ७० जना विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback