News & Events »

उद्योग मन्त्री पाण्डेज्यूको स्वागत (2072.08.16)

मकवानपुर उद्योग वाणिज्य संघले माननीय उद्योग मन्त्री श्री सोम प्रसाद पाण्डेज्यूको बुधवार एक कार्यक्रमको बीच हेटौंडामा स्वागत गरेको छ । मन्त्रीज्यूको सम्मानमा भएको कार्यक्रममा प्रशासन प्रमुखलगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । समसामयिक सन्दर्भमा छलफल समेत भएको कार्यक्रमको सभापतित्व संघका अध्यक्ष राजकुमार न्यौपानेले गरेका थिए । संघका अध्यक्ष न्यौपाने, माननीय मन्त्री पाण्डे, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, संघका उपाध्यक्ष विष्णु खनाल, महासचिव महेन्द्र राउत, संघ सदस्य खड्ग गोपाली, क्रशर व्यवसायी सिताराम न्यौपाने, उपभोक्ता हित संरक्षण मन्चका सचिव बासु खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
देशको असहज अवस्थामा सबैले देखाएको धैर्य र संयमताको मन्त्रीज्यूले प्रशंसा गर्दै उत्पादन तथा वितरण मार्फत उद्योगी/व्यवसायीहरुले उपभोक्तामा सेवा पु-याएको, क्रसर उद्योगको समस्याको बारेमा आफू जानकार रहेको र पुनः संचालनको लागि प्रयत्न गरेको, उद्योगको कर्जाको व्याजमा सब्सिडी दिने बारे सरकारले छलफल गरिरहेको, सरकारी उद्योगले मूल्य, गुणस्तर जस्ता विषयमा नियन्त्रण तथा सन्तुलन कायम गर्ने र सरकारले हालको देशको समस्या समाधान गर्न धेरै प्रयत्नहरु गरिरहेको भएपनि परिणाम नआइसकेकाले देखाउन नसकेको बताउदै आफूलाई गरिएको स्वागत तथा सम्मान प्रति मन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका थिए ।
त्यसै गरी संघका अध्यक्ष न्यौपानेले हालको अभावमय समयमा पनि संघको अनुरोधमा जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्राप्त भएकाले दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ती गर्न सम्भव भएको, इन्धन र कच्चा पदार्थको अभावको कारण हाल वाध्यात्मक मूल्यवृद्धि भएकाले भोलिको सहज वातावरणमा पुरानै मुल्य कायम हुने भनाइ राखेका थिए ।  



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback