Notice »

नारायणी यातायात र उद्योग संघ मकवानपुरको स्वागत । (२०७४ पौष ३०)

संघले नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघ मकवानपुरको नया“ कार्यसमितिको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी यातायातका नवनिर्वाचित अध्यक्ष हिरालाल श्रेष्ठज्यू र उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालज्यूको नेतृत्वमा आउनुभएका दुवै संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष कटुवालले संयुक्त रुपमा सहकार्यकालागि अबका दिनमा सकारात्मक प्रतिफल आउने गरी छलफललाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

                कार्यक्रममा बोल्नुहु“दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले मकवानपुरका निजी क्षेत्रहरुले एकापसी सहकार्यमा बृहत कार्य गरी मकवानपुरको विकासमा अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो भने उद्योग संघ मकवानपुरका अध्यक्ष अर्यालले जिल्लाका निजी क्षेत्रसंग सम्बन्धित संघसंस्थाका बीच नङमासुको सम्बन्ध रहनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठज्यूले सरकारले लागू गरेको श्रम ऐन गैरव्यवसायिक क्षेत्रमा लागु नगर्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सुझाव दिनुभएको थियो । महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback