News & Events »

आधारभूत लेखा तथा कर नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम । (२०७५ जेष्ठ २७)

     मकवानपुर उद्योग वाणिज्य संघ र सनराइज बैंक लिमिटेड हेटौंडाको संयुक्त आयोजनामा “आधारभूत लेखा तथा कर नीति” सम्बन्धि अभिमुखिकरण कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षता तथा प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजनामन्त्री मा. कैलाशप्रसाद ढुंगेलज्यूको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि मा. ढुंगेलले मन्तव्यका क्रममा बैकहरुलाई राष्ट्र बैंकको निर्देशन अनुसार चल्न समेत सुझाव दिनुहु“दै बैंकहरुले अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको थियो । सनराईज बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाज्यूले “आधारभुत लेखा तथा कर नीति” सम्बन्धि अभिमुखिकरण कार्यक्रमले व्यवसायीलाई सो सम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रम राखिएको बताउनुभएको थियो ।

     कार्यक्रको सहजीकरण चार्टर एकाउण्टेन्ट अरुण राउतज्यूले गर्नुभएको थियो । कार्यक्रममा उद्यमीहरुलाई सामान्य लेखाशास्त्रका सिद्धान्त, चालु पू“जी व्यवस्थापनका आधारभूत नियमहरु, नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा कर चुक्ता प्रमाण, व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, व्यावसायिक योजना, बजार प्रवद्र्धन तथा विक्रि व्यावसायिक वातावरण विश्लेषणको बारेमा जानकारी गराईएको थियो । धन्यवाद मन्तव्यका क्रममा अध्यक्ष कटुवालले राज्यको तर्फवाट गर्नुपर्ने कुरा राज्यले मिलाउने र व्यवसायीहरुको तर्फवाट गर्नुपर्ने कार्य व्यवसायीहरुवाट हुनुपर्नेमा जोड दिनुभएको थियो । सनराईज बैंकका प्रद्युम्न आचार्यज्यूले संचालन गर्नुभएको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यज्यूहरुलगायत विभिन्न सदस्य व्यवसायी तथा वस्तुगत संघसंस्थाका प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback