News & Events »

आईसक्रिम वनाउने तालिम


     मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा तीनदिने आईसक्रिम बनाउने तालिम सम्पन्न भएको छ ।
    संघका अध्यक्ष भुवनलाल श्रेष्७ले प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गर्दै तालिममा छण् जना महिलाहरुको सहभागिता रहेको छ । पछिल्लो चरणका तालिमहरुको नतिजा हेर्दा तालिमहरुमा सहभागि हुने तर त्यसलाई व्यवहारमा नउतार्ने चलन रहेको भन्दै तालिममा सहभागी जो कोहिले तालिममा सिकेका सीपलाई व्यवहारमा उर्तान र व्यवसाय गर्न आग्रह गर्नुभएको थियो । सिकेका सीपलाई व्यवहारमा उतार्न चाहे त्यसका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

     महिलाहरु पनि व्यवसायिक रुपमा अगाडि वढ्न र आत्मनिर्भर बन्न सकुन भन्ने उद्देश्यका साथ तालिम संचालन गरेको कार्यक्रम संयोजक अरुणा सिंहले वताउनु भयो । महिला उद्यमी विकास समितिकी सचिव निलम वैद्य द्वारा  तालिममा सहजीकरण गरिएको थियो । तीन दिने तालिममा सहभागीहरुलाई भेनिला, स्टवेरी तथा अन्य विभिन्न प्रकारका आईसक्रिम वनाउन सिकाईएको थियो । सहभागीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उपाध्यक्ष ध्रुवप्रसाद पराजुली लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
    कार्यक्रममा प्रशिक्षार्थीहरुले आफूहरुले निकै कठिन ठानेको सीप तीनदिनमै प्राप्त गरेकोमा खुसी व्यक्त गरे । प्रशिक्षार्थीहरुको तर्फबा६ दिलाशा शर्मा र सुनीता क्षेत्रीले व्यवसायीकरुपमा आर्ईसक्रिम वनाउने र व्यवसाय गर्ने वताएका थिए । तालिममा महिला उद्यमी विकास समितिकी सचिव निलम वैद्यले विना पारिश्रमिक महिलाहरुलाई सीप सिकाएकी थिईन समितिका कार्यवाहक अध्यक्ष देवकुमारी ढकालको सभाभ्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी विकास समितिका पूर्वसभापति सरिद्धिश्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उपाध्यक्ष धुर्व पराजुली, प्रशिक्षिका निलम वैद्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback