News & Events »

संशोधित कर व्यवस्था सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया सम्पन्न । (२०७५ असार १३)

संघले आन्तरिक राजस्व कार्यालय हेटौंडाको सहयोगमा संशोधित कर व्यवस्था सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष कटुवालले गत जेठमा आएको नेपाल सरकारको बजेट सम्बोधनपश्चात भएका करको संशोधनहरुको विषयमा उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ठूला उद्योगी व्यवसायी भन्दा पनि धेरै जसो साना उद्योगी व्यवसायीहरु करको समस्यामा धेरै पर्ने भएकोले बस्तुगत संघसंस्था र सो अन्तर्गतका उद्योगी व्यवसायीहरुलाई कार्यक्रम लक्षित गरिएको पनि उहा“ले बताउनुभयो ।

बजेटपश्चात भएका संशोधित करको व्यवस्थाको विषयमा आन्तरिक राजस्व कार्यालयका तात्कालिन प्रमुख कर अधिकृत राजेन्द्र पौडेलज्यूले सहजीकरण गर्नुभएको थियो । प्रमुख कर अधिकृत पौडेलले आगामी आ.व. बाट धेरैजसो सेवामूलक व्यवसायहरु अनिवार्य मूल्य अभिबृद्धि करमा जानुपर्ने पनि जानकारी गराउनुभएको थियो । जानकारीसंगसंगै अन्तक्र्रियात्मक रुपमा आयोजना गरिएको कार्यक्रममा विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, साधारण उद्योगी व्यवसायीहरुले संशोधित कर व्यवस्थाबाट पाउने सुविधा र यसबाट सामान्य उद्योग तथा व्यवसायमा भोलिका दिनमा पर्न सक्ने असरहरुको बारेमा जिज्ञासा राख्नुभएको थियो । सहभागीहरुको जिज्ञासा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत दिलक आचार्यले प्रष्ट्याउनुभएको थियो ।

संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले मूल्य अभिबृद्धि करमा स–साना उद्योग व्यवसायलाई अनिवार्य गरिंदा पर्ने समस्याको समाधानार्थ नेउवामहासंघमार्पmत आवश्यक पहल गर्ने बताउनुभएको थियो । समापन मन्तव्य राख्नुहु“दै संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले सरकार जसरी पनि कर असुल्न लागिपरेको र यसले भोलिका दिनमा स–साना व्यवसायीहरुमा समस्या सिर्जना हुन सक्ने प्रति सचेत गराउनुभएको थियो । कार्यक्रममा संघका संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुको पनि उपस्थिति रहेको थियो । संशोधित कर व्यवस्था अनुसारको सुविधा यही पौष मसान्तसम्म मात्र रहेकोले उपयोग गर्नुहुन सम्बन्धित सबै उद्योगी व्यवसायीहरुलाई हार्दिक अनुरोध पनि गर्दछौं ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback