News & Events »

अतिथि गृह निर्माणको शिलान्यास । (२०७५ कार्तिक १९)

संघले पल्पसा सभागृह परिसरमा निर्माण गरिन लागेको अतिथि गृहको शिलान्यास हेटौंडा उपमहानगरपालिका कार्यालयका नगरप्रमुख हरिबहादुर महतज्यूबाट गरिएको छ । तिहारको पहिलो दिन विहान ७ बजेर २८ मिनेटको शुभ साईतमा शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रम अघि संघका अध्यक्ष कृष्ण कटुवाल र नगरप्रमुख हरिबहादुर महतज्यूले संयुक्त रुपमा पूजा गर्नुभएको थियो । संघको हेटौंडा वडा नं. २ मा रहेको जग्गामा पल्पसा सभागृहलाई यथावत राखी उत्तर पश्चिम भागमा १५ धुर जग्गामा ३२ कोठा र १ अत्याधुनिक सभाहल समेतको ५ तल्ले आधुनिक भवन निर्माण गरिन लागिएको हो । भवनको पहिलो चरणको नक्सा बनाउने कार्य सकिएको छ भने २ वर्षभित्र निर्माण गरिसक्ने संघका सचिव तथा संयोजक विष्णुगोपाल महर्जनज्यूले बताउनुभएको छ ।

उक्त भवन करिब ५ करोडको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य लिईएको छ । निर्माणमा लाग्ने आवश्यक खर्च संघलाई भार नपर्ने गरी दाताहरुको सहयोगमा संकलन गर्ने योजना राखिएको छ । अतिथि गृहमा व्यक्ति÷संघ÷संस्था जो कोहीले पनि रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको र दाताहरुको नाम सहयोग राशि अनुसार शिलालेखदेखि अतिथि कोठा र सभाहलमा पनि राखिने अध्यक्ष कटुवालले बताउनुभएको छ ।

कार्यक्रममा संघका पूर्वअध्यक्षज्यूहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, वस्तुगत संघसंस्थाका पदाधिकारीज्यूहरु, संघका कर्मचारीहरु, सञ्चारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रम पण्डित रामचन्द्र आचार्य “पूmर्सदी” ले वैदिक विधि अनुसार गराउनुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback