News & Events »

अटो भिलेज निमार्ण सम्बन्धि छलफल कार्यक्रमः


संघका का.वा. अध्यक्ष श्री प्रकाश ढकालज्यूको सभापतित्वमा अटो भिलेज स्थापना सम्बन्धमा बृहत छलफल कार्यक्रमको आयोजना संघको सभाहलमा गरियो । कार्यक्रममा हे.न.पा. कार्यालयका प्रतिनिधि,जि.वि.स.को प्रतिधिनि,विभिन्न वस्तुगत संघहरु,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,ट्रेड युनियनका प्रतिनिधिहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा २०५३ सालमा प्रस्तावित अटो भिलेज निमार्ण स्थलहरु हेटौंडा–११,थानाभ¥या∙ र चुरियामाई मध्यमा चुरियामाई –३, लाई गाविसको गाउ“परिषदबाट सिफारिस भएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको अवस्थामा मात्र रहेकोले यसको प्रक्रिया अगाडि बढाउनकोलागि मकवानपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा विभिन्न सरोकारवाल क्षेत्र सहित ८ सदसीय सरोकार समन्वय समितिको गठन गरिएको छ ।
समिति निम्नानुसार रहेको छः
१. मकवानपुर उद्योग वाणिज्य संघ                         संयोजक
२. जिल्ला विकास समिति                             सदस्य
३. जिल्ला प्रशासन कार्यालय                             सदस्य
४.हेटौंडा नगर पालिका कार्यालय                         सदस्य
५.मकवानपुर अटो मेकानिक्स एण्ड ईन्जिनियरि∙ एशोसियसन             सदस्य
६.हेटौंडा अटो मोबाईल एशोसियसन                         सदस्य
७.नारायणी यातायात व्यवसायि संघ                         सदस्य
८.जिल्ला ट्राफिक कार्यालय                             सदस्य

    यो समितिले अटो भिलेज निर्माणको लागि प्रक्रिया अगाडि बढाएर कार्य सम्पन्न गर्न प्रयास गर्ने निर्णय गरियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback