Membership »

About Membership

मकवानपुर जिल्लामा उद्योग/ब्यबसाय क्षेत्रमा संलग्न ब्यबसायिक उदेश्य भएका नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता पनि रहेका फर्महरुले यस संघको सदस्यता लिन सक्छन् ।

सदस्यताको वर्गीकरण:

क) साधारण सदस्य (उद्योग/वाणिज्य): 

मकवानपुर जिल्लामा उद्योग व्यवसाय सम्बन्धी काम गरी वसेका दर्तावाला (रजिष्टर्ड) जुनसुकै फर्म, कम्पनी, उद्योग र कारोवार गरिरहेका १.५ करोड भन्दा कम चुक्ता पुजी भएका यस जिल्लाका व्यवसायीहरुले संघको साधारण सदस्यता प्राप्त गर्न सक्नेछ । 

 

ख) एशोसियट सदस्य: 
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका रु. १,५०,००,०००।०० (एक करोड पचास लाख) वा सो भन्दा वढी चुक्ता पूजी भएका राष्ट्रिय, बहुराष्ट्रिय उद्योग, कम्पनी, संस्थान, वैक यस संघको एशोसियट सदस्य हुन सक्नेछन् ।


ग) बस्तुगत सदस्य:

विभिन्न व्यवसायिक प्रकृतिका अलग-अलग रुपमा संगठित, संघको रुपमा दर्ता भै मान्यता पाएका संघहरुलाई वस्तुगत तर्फको सदस्यता प्रदान गरिनेछ ।


घ) आजीवन सदस्य: 

संघमा ५ वर्ष लगातार सदस्यता नवीकरण गरि नियमित रहेका उद्योग वा वाणिज्य तर्फका व्यवसायीले संघको कार्यसमिति छेउ तोकिएको ढाचामा आजीवन सदस्यताका लागि निर्धारित दस्तुर तिरी आवेदन गरेमा निजलाई सम्वन्धित क्षेत्रको आजीवन सदस्यता कार्यसमितिले प्रदान गर्न सक्नेछ ।

 
ङ) विशिष्ट सदस्य: 

संघलाई विशेष रुपले भौतिक, आर्थिक, नैतिक, वौद्धिक रुपले प्रत्यक्ष सहयोग पु-याउने वा उद्योग व्यवसाय क्षेत्रमा विशेष ज्ञान, दक्षता, प्रतिष्ठा प्राप्त गरेका वा संघको उद्देश्यलाई पूर्ति गर्न अटुटरुपमा योगदान पु-याएको संघ/संस्था र व्यक्तिलाई संघले विशिष्ट सदस्यता प्रदान गर्न कार्यसमितिले सक्नेछ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback